मोदीमा २ सय नयाँ उद्योग र ब्यवसाय दर्ता तथा नविकरण

२५ असोज, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले आयोजना गरेको २ दिने साना घरेलु उद्योग तथा व्यवसाय दर्ता नविकरण शिविर सम्पन्न भएको छ । २ दिनसम्म चलेको शिविरमा करिब २०० उद्योगी व्यवसायीले नयाँ दर्ता तथा नविकरण सम्बन्धी सेवा लिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकय अकिृत किसान बहादुर क्षेत्रीले जानकारी दिए ।

गाउँकार्यपालिकाको आयोजना भएको शिविरमा ८ वटै वडाका स्थानीयले सेवा लिएका थिए । शिविर घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य संघ सहितको एकीकृत सेवा सञ्चालन भएको प्रमुख प्रसाकीय अधिकृत क्षेत्रीको भनाई छ ।

कोरोना कहरकै विच व्यवसाय नविकरण गर्ने समय सकिनै लाग्दा सञ्चालित शिविरले धेरै उद्यमी व्यवसायीलाई कुश्मा जानुपर्ने र विभिन्न कार्यालय धाउनुपर्ने झन्झटलाई मुक्त गर्न कर शिविर सफल भएको क्षेत्रीले बताए ।

गाउँपालिकाले कर उठाउन भन्दा बढि व्यवसायीको सहजताका लागि र सेवाको लागि शिविर आयोजना गरिएको क्षेत्रीको भनाई छ । शिविरमा ब्यवसाय सञ्चालन गर्ने पसले, लघु उद्यमी र अन्य ब्यवसायीले सेवा लिएका थिए । गाउँपालिकाको डिमु्वा बजारमा उक्त शिविरको सञ्चालन गरिएको थियो ।

सदरमुकाम जानुपर्ने बाध्यतालाई कम गर्न शिविर सफल भएको गाउँपालिकाका प्रवक्ता बिमल लामिछाने बताउँछन् । अर्थ वीट साप्ताहिकबाट