भेटेनरी अस्पताल पर्वत र बागलुङको बार्षिक बजेट ९ करोड ९८ लाख

२५ असोज, पर्वत । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङको चालु आर्थिक बर्षको कुल बजेट ९ करोड ९८ लाख ७४ हजार रहेको छ । विज्ञ केन्द्रले एक कार्यक्रमका आयोजना गरी आफ्नो बार्षिक कार्यक्रमको सार्वजनिक गरेको हो ।

विज्ञ केन्द्रका प्रमुख शम्भु राज पाण्डेले प्रस्तुत गरेको बार्षिक कार्यक्रममा पुँजीगत तर्फ २ करोड ३२ लाख र चालु खर्चमा ७ करोड ६६ लाख ७४ हजार रुपैंया रहेको छ । कार्यालयको चालु आर्थिक बर्ष २०७७/०७८का लागि प्राप्त बजेटमा प्रशासनीक तथा उपभोग खर्च तर्फ १ करोड ९ लाख ८४ हजार र कार्यक्रम खर्च तर्फ ८ करोड ८८ लाख ९० हजार रुपैंया रहेको छ ।

पर्वत र बागलुङ जिल्लाका लागि प्राप्त बजेट सिलिङको खर्च प्रक्रियाका लागि आवश्यक सुचनाहरु प्रकाशन गर्ने कार्यको शुरुवात भइसकेको कार्यालयले जनाएको छ । कार्यालयले चालु आर्थिक बर्षमा पशुपंक्षी तथा मत्स्य ब्यवसाय प्रवद्र्धन, पशु स्वास्थ्य कार्यक्रम, पशु आहार विकास कार्यक्रम, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रम र पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्नेछ । कार्यालयले अन्य कार्यक्रमहरु तर्फ रेविज रोग नियन्त्रण तथा खोप र बन्ध्याकरण कायृक्रम समेतको आयोजना गर्ने कार्यालयले जनाएको छ ।

कार्यालयले पशुपंक्षी तथा मत्स्य ब्यवसाय प्रवद्र्धन तर्फ ४ करोड २७ लाख, पशु स्वास्थ्य कार्यक्रम तर्फ ९७ लाख ६० हजार, पशु आहार विकास कार्यक्रम १ करोड ३५ लाख, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रम तर्फ ८८ लाख र पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रम तर्फ ४५ लाख रुपैंया खर्च गर्नेछ ।

कार्यालयले चालु बर्षमा साना ब्इवसायीक फार्म स्थापना तथा विस्तार, उत्पदानमा आधारित अनु्दान, पशुपंक्षी विमा अनुदान, पुरानो पकेटहरुको फलो अप कार्यक्रम, नयाँ पशुपंक्षी तथा मत्स्य पकेट विस्तार तथा पाmर्म यान्त्रिकरण कार्यक्रम सञ्चालन गर्नेछ ।

यसैगरी कार्यालय मार्फत भैसी विकास कार्यक्रम, उन्नत नश्लका पाडापाडि र बाच्छि हुर्काए वापत अनुदान, माछा भुरा वितरण, मत्स्य पोखरी निर्माण अनुदान, डाले घाँसको नर्सरी स्थापना, घाँस विकास कार्यक्रम तथा दुव्ध उ त्पादक सहकारी संस्थालाई सामाग्री सहयोग अनुदान उपलब्ध गराउने गरी कार्यक्रम तय भएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।

हाल बागलुङमा कार्यालय रहेर पर्वत र बागलुङ दुवै जिल्लालाई सेवा दिदे आइरहेको उक्त कार्यालयले चालु बर्ष देखि पर्वतमा पनि कार्यालय राखेर सेवा प्रदान गर्नेछ । प्राप्त भएको कुल बजेटको सिलिङ दुई जिल्लामा बाँडेर खर्च हुने कार्यालयले जनाएको छ । हाल सेवा केन्द्रको रुपमा पर्वतमा कार्यालय रहे पनि मुख्य कार्यालय भने बागलुङ जिल्लामा रहेको छ ।

आगामी केहि महिनामा नै पर्वत जिल्लामा पनि भोटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सेवा प्रवाह गर्ने कार्यालयले जनाएको छ ।
कार्यायलले माग संख्या धेरै भए पनि लक्षित संख्या थोरै मात्र हुने हुँदा सवैलाई अनु्दान उपलब्ध गराउन नसकिने जनाएको छ ।

मागको आधारमा उत्कृष्ट र नियमानुसारको काम गरेका कृषकहरुलाई छनौट गरी अनु्दान दिइने कार्यालय प्रमुख पाण्डेले जानकारी दिए । भनसुनका आधारमा भन्दा पनि फिल्डको अनुगमनका आधारमा मात्र अनुदान रकम उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गरे । ब्यवसायीक कृषकहरु नछुटुन र नक्कली कृषकले अनुदान नपाउन भन्ने तर्फ आफूहरु सचेत रहेको कार्यालय प्रमुखको भनाई छ ।

कोभिडका कारण सानो संख्यामा मात्र पत्रकार र केहि सरोकारवालाहरुका वीचमा कार्यालयले आफ्नो बार्षिक कार्यक्रमको सार्वजनिक गरेको हो । कार्यक्रमको सञ्चालन पशु विकास अधिकृत रामजी शर्माले गरेका थिए । अर्थ वीट साप्ताहिकबाट