‘जीन्दगी पानीको फोका’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

२३ असोज, पर्वत । लोक लयमा आधारित गीत जीन्दगी पानीको फोका सार्वजनिक भएको छ । गायक तथा शब्द सर्जक कस्तुप पन्तको शब्द र संगीतमा सृजना भएका ‘जीन्दगी पानीको फोका’ बोलको गीत सार्वजनिक भएको हो ।

अञ्जु पन्त र रामजी खाडको स्वरमा रहेको उक्त गीत सारथी म्यूजिक प्रालिले बजारमा ल्याएको हो । पन्तको आफ्नो अफिसियल यूटुव मार्फत सार्वजनिक गरिएको उक्त गीतको म्यूजिक भिडियो पनि निर्माण गरिएको छ ।

दशै तथा तिहार लक्षित गरी उक्त गीत बजारमा ल्याएको गीतका रचनाकार पन्तले जानकारी दिए । लोक लयमा आधारित उक्त गीतको म्युजिक भिडियोमा रामजी खाड आफै र मालती घलेको अभिनय रहेको छ । लोक तथा आधुनिक विधामा कलम चलाउने कलाकार पन्तले यस अघि दर्जनौ गीतहरुको रचना र दर्जन भन्दा बढि गीतहरुमा स्वर समेत दिएका छन् ।

भिडियो