पर्वत जेसीजको सप्ताह शुरु असोज २४ बाट शुरु हुने

२२ असोज, पर्वत । पर्वतमा युवाहरुको क्षमता र नेतृत्व विकासमा झण्डै साढे २ दशकदेखि क्रियाशिल पर्वत जेसीजको साताव्यापी रुपमा आयोजित कार्यक्रम जेसीज सप्ताह असोज २४ गतेदेखि ३० गतेसम्म हुने भएको छ । वर्षेनी सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्धेश्यले आयोजना हुने कार्यक्रम सात दिन सम्म फरक फरक विधामा गरिने भएको छ ।

जेसीजले असोज २४ गते सप्ताहको उद्घाटन, २५ गते जेसीज पूर्व परिचय तालिम र २६ गते जेसीज गाउँ चुवामा होर्डिङ बोर्ड स्थापना गर्ने कार्यक्रम राखेको छ । त्यसैगरी असोज २७ गते कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा बृक्षारोपण, असोज २८ गते कोभिड-१९ सम्वन्धि अनलाईन अन्तरक्रिया, असोज २९ गते महिला शसक्तिकरण तालिम तथा उद्यमीलाई बाख्रा वितरण कार्यक्रम आयोजना गरिएको छ । सप्ताहको अन्तिम दिन पर्वत जिल्ला अस्पतालमा रहेको पोषण गृहमा पोषणयुक्त खाद्यान्न वितरण र सोहि दिन समापन समारोहको आयोजना गरिएको सप्ताहका मुल संयोजक मिलन पौडेलले जानकारी दिनुभयो ।

कोभिड (१९ को महामारका बीच पनि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सवै कार्यक्रम संचालन गरिने भएको छ । केहि कार्यक्रमहरु भर्चुअल माध्यमबाट संचालन गरिने मुल संयोजक पौडेलले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीज र पत्रकारबीच लामो समयदेखि घनिष्ट सम्वन्ध रहेको बताउँदै आगामी दिनहरुमा पनि निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।

मानविय सेवामा हुने सवै कामहरुमा पत्रकाहरुको सकारात्मक सहयोग रहने बताउँदै अध्यक्ष तिवारीले जेसीज सप्ताहभरी पर्वतका सवै संचार माद्यामहरुलाई आश्यक सहयोग गर्न समेत आग्रह गर्नुभयो । पर्वत जेसीजका अध्यक्ष रामु शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मुल संयोजक मिलन पौडेल र संचालन महासचिब सुमन श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा सुरेन्द्र पौडेलले जेसीज आस्था पाठ गराउनुभएको थियो ।