बजार नपाउँदा लघु उद्यमीका उत्पादन घटे

२० असोज, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ३ घुरुङका उद्यमीहरु अहिले फुर्सदीला बनेका छन् । लघु उद्यम मार्फत अल्लोका कपडाहरु उत्पादन गर्दै आइरहेका उनीहरुले अहिले अल्लोबाट कपडा बुन्न पाएका छैनन् ।

लक डाउनका कारण पर्यटन बजार बन्द हुँदा उनीहरु फुर्सदीला बनेका हुन् । लघु उद्यमी रनमाया पुन भन्छिन–‘उत्पादन गरेका सामाग्रीहरुको माग नै छैन, त्यहि भएर उत्पादन बन्द गरेका छौं ।’ उद्यमीले अल्लोबाट उत्पादन गरेका कपडाहरु पोखरा र काठमाण्डौंका पर्यटन बजारमा बिक्री हुने गर्दथ्थे ।

चाल्ने सिस्नुलाई प्रशोधन गरी अल्लोको रुप दिएर त्यसबाट उद्यमीहरुले लुगा, झोला लगाएतका बस्तुहरु उत्पादन गर्दै आइरहेका थिए । लक डाउनका कारण अहिले सवै जसो बजारमा यस्ता कपडाहरुको माग आपूर्ति बन्द प्रायः अवस्थामा छ ।

पोखराको लेड साइडमा रहेको कोसेली घरमा ति सामाग्रीहरु विक्री हुन्थ्यो । कुश्मा र पातिचौर बजारमा पनि त्यस्ता सामाग्रीहरुको विक्री वितरण हुने गदथ्यो । कोरोना संक्रमणका कारण लामो समय बजार ब्यवसाय बन्द भयो । विक्री वितरण पनि बन्द भएको छ । पर्यटकहरु विगत ७ महिना देखि नेपालमा भित्रिएका छैनन् ।

पर्यटकहरुलाई लक्षित गरिएका उत्पादनहरु बन्द हूँदा उद्यमीहरु समस्यामा परेको मोदी गाउँपालिकाकी लघू उद्यम सहजकर्ता सिता शर्भाको भनाई छ ।
घुरुङगाका उद्यमीहरुले अहिले सामूहिक रुपमा उत्पादन गर्न छोडेका छन् । उनीहरुले माग अनुसार घर घरमा नै उत्पादन गर्दै आइरहेको लघु उद्यमी भद्रकला पुनको भनाई छ । अर्थ वीट साप्ताहिकबाट