१६ असोज, पर्वत । जिल्लाको महाशिला गाउँपालिका स्थित कुष्ठरोगले पिडित काशिराम बिश्वकर्मालार्ई टिकटकमा गरिएको प्रचारबाटै आर्थिक सहयोग जुटेको छ । पर्वत घर भई हाल नवलपुरको देवचुली १७ स्थित बस्ने राजु क्षेत्रीले टिकटक मार्फल गरेको आग्रह गरेपछि विकलाई नगद ७१ हजार रकम सहयोग जुटेको हो ।
कुष्ठरोगबाट पिडित विकलाई आर्थिक समस्या परेपछि क्षेत्रीले टिकटकको लाइभ मार्फत सहयोग गर्न आग्रह गरेका थिए । क्षेत्रीको आग्रह पछि टिकटम चलाउनेहरुले विकलाई नगद सहयोग गरेको क्षेत्रीले जानकारी दिए ।
सहयोग संकलन गरी पिडितलाई नगद हस्तान्तरण गरेका क्षेत्री भन्छन–‘सामाजिक दायित्व मेरो कर्तब्य हो म एक छाक भोको रहेर पनि अरुको पेट भरिन्छ भने म तयार छु ।’ सहयोग संकलन कार्य गरेका क्षेत्रीले हालसम्म आर्थिक सहयोगको अभावमा समस्या बेहोर्दै आएका विभिन्न ब्यक्तिहरुलाई सहयोग संकलन गर्दै आइरहेका छन् ।
टिकटकबाट संकलन भएको रकम पिडितको परिवारलाई प्रदान गरिएको छ । क्षेत्रीले आर्थिक समस्याका कारण उपचारमा समस्या भइरहेका विकको परिवारलाई आर्थिक सहयोग गर्न सवैलाई आग्रह पनि गरेका छन् ।