मोदीको देउरालीमा नेकपाको कार्यकर्ता भेला, नेपाली कांग्रेसका वडा सदस्य उमेदवार सहित ८४ जना नेकपा प्रवेश

१५ असोज, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ३ देउरालीमा सत्तारुढ दल नेकपाको वडा स्तरीय कार्यकर्ता भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपाले आगामी चाडपर्व लक्षित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो । उक्त अवसरमा नेपाली कांग्रेस लगाएत विभिन्न पार्टीहरु परित्याग गरी ८४ जना कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।

उनीहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज गुप्त हमाल, जिल्ला पार्टी अध्यक्ष तथा सांसद पदम गिरी, जिल्ला पार्टी सचिव सुदीप कुँवर लगाएतका नेताहरुलाई खादा र टिका लगाई स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी केन्द्रिय सदस्य हमालले कम्युनिष्ट पार्टीबाट मात्रै परिर्वतन र सम्बृद्धि सम्भव भएको दावी गरे । उनले देशमा भएका सवै राजनैतिक परिर्वतनको श्रेय नेकपाले मात्र लिन सक्ने भन्दै यथास्थितीबादी शक्तिको पछि नलाग्न कार्यकर्तालाई अनुरोध समेत गरे । उनले परिर्वतनको इच्छा हुने र विकास तथा सम्बृद्धिको यात्रा चाहने सवै कम्युनिष्ट पार्टीमा आवद्ध हुन आग्रह पनि गरे । पार्टी प्रवेशका कारण आत्तिएर कसैले पनि कोहि ब्यक्तिलाई अपहरण शैलीमा धाक, धम्कि दिने र तर्सित बनाउने खेल खेले त्यसको जनताले प्रतिकार गर्ने हमालको भनाई थियो । ब्यक्तिगत स्वतन्त्रता माथि कसैले पनि दबाब सृजना गर्न नहुने उनले बताए । हमालले वर्तमान सरकारले गरेका राम्रा र असल कामहरुका कारण कम्युनिष्ट पार्टी प्रति जनताको विश्वास बढदै गएको समेत बताए ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद समेत रहेको जिल्ला अध्यक्ष गिरीले देश विकासको थालनी वर्तमान सरकारले गरीसकेको जानकारी दिए । उनले वर्तमान सरकारले जनताले खोजेको र रोजेको विकास चाहना साकार बनाउन प्रत्यत्न गरीरहेको बताए । आफू निर्वाचनमा उमेदवार हुँदा प्रतिबद्धता ब्यक्त गरेको एक घर एक धारा तथा पक्कि सडकको सपना पर्वत जिल्लामा विस्तारै पुरा हुँदै गएको जानकारी समेत दिए ।

उनले भौतिक विकासको क्षेत्रमा कम्युनिष्टकै नेत्रित्वमा देश भर र पर्वत जिल्लामा पनि उल्लेख्खनीय विकास भएको उनको भनाई छ । विकास र सम्बृद्धिको जनताको सपनालाई मर्न नदिने विश्वास गिरीले दिलाए । एकताबद्ध कम्युनिष्ट पार्टीको नेतृत्व जनताले अझै पनि चाहेका कारण पार्टीमा आकर्षित भएर पार्टीमा भित्रनेहरुलाई स्वागत गर्दै उनले कसैको धाक, धम्कि र लोभमा विचलीत नभइ कम्युनिष्ट पार्टीमा रहन आग्रह समेत गरे ।

कार्यक्रममा जिल्ला कार्यालय सदस्यहरु भक्त कुँवर, गोविन्द पहाडी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, मोदी नेकपाका अध्यक्ष तेजप्रसाद क्षेत्री, वडाअध्यक्ष देवेन्द्र क्षेत्री, नव प्रवेशी स्थानीय भुमे युवा क्लबका अध्यक्ष हेम पुन तथा स्थानीय इन्द्र बहादुर पुन लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन मुक्तिराम शर्मा, अध्यक्षता रनबहादुर पुन र स्वागत नन्दमाया पुनले गरेकी थिइन ।