पहिरोले क्षति पुराएको पर्वत वेनी खानेपानी आयोजना मर्मतगर्न सांसद गिरीको पहलमा ५० लाख विनियोजन

६ असोज, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न ३ मा रहेको पर्वत वेनी खानेपानी आयोजनाको मर्मतमा संघीय सरकारबाट ५० लाख रकम विनियोजन भएको छ । निरन्तरको बर्षातका कारण पहिरोले क्षति पुराएको खानेपानी आयोजनाको प्रतिनिधि सभाका सांसद पदम गिरी सहितको टोलीले निरिक्षण गरेको हो । बर्षातका कारण वारीवेनी खानेपानी तथा सरसफाई आयोजनाको ट्याङकीमा क्षति पुगेको छ ।

उक्त आयोजनाको मर्मतका लागि खानेपनी विभाग संघीय खानेपानी तथा ढल निकास आयोजना मार्फत ५० लाख रुपैंया सांसद गिरीको पहलमा विनियोजन भएको खानेपानी समितिका सल्लाहकार नगेन्द्र थापाले जानकारी एि । २०७० सालमा स्थापना भएको उक्त खानेपानी आयोजनाबाट ८ हजार भन्दा बढि जनता प्रत्यक्ष लाभान्वित रहेका छन् ।

आयोजना २०७६ फागुन महिनामा काम सम्पन्न भै पानी वितरण कार्य सञ्चालनमा आएको र उपभोक्ता हरुले पानी प्रयोग गरिरहेका थिए । गत श्रावण महिनामा अविरल बर्षाका कारण आयोजनामा क्षति पुगेकाले पर्वत जिल्लाका संघिय सांसद गिरी सहितको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।

जिल्लाको सदरमुकाम पछि ठूलो बजार क्षेत्र रहेको पर्वत वेनीमा उक्त खानेपानी आयोजना मार्फत पानी वितरण हुँदै आएको छ । झण्डै १ हजार धारा जडान भएको उक्त आयोजना झण्डै १३ करोडको लागतमा निर्माण भएको हो ।

सरकारको सह लगानी कार्यक्रम मार्फत निर्माण भएको उक्त आयोजना लिप्ट प्रविधिमा आधारित छ । कालीगण्डकी नदी किनारबाट लिप्ट गरिएको खानेपानीलाई प्रशोधन गरी वितरण हुँदै आएको छ । यस अघि झण्डै २ बर्ष अघि सोहि आयोजनाको कार्यालय भवनको सांसद गिरीले शिल्यान्यास गरेका थिए ।
सांसद गिरीसंगै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेल, नेकपा नेता मेघनाथ सुवेदी लगाएतका नेताहरु सहभागी थिए ।