कुश्मा नगरपालिकाका मेयर जोशीद्धारा २५ हजार रकम दृष्टिविहिन विद्यार्थीलाई प्रदान

६ असोज, पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पारिश्रमिक वापतको रकम दृष्टि विहान विद्यार्थीका लागि प्रदान गरेका छन् । नगरप्रमुख जोशीले शिवालय माविका दृस्टीबिहिन वालवालिका लाई शैक्षिक सामाग्री ब्यबस्थापनका लागि बिध्यालयका प्रअ भुपेन्द्र चापागाईंलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका ह्न ।

जनप्रतिनिधिको रुपमा पाउने पारिश्रमिक नगरप्रमुख जोशीले गरिव तथा बिपन्न वालवालिका लाई शैक्षिक सामाग्री ब्यबस्थापन गर्न सहयोग गर्दै आएका छन् । मेयर जोशीले राज्यबाट पाउने तलब रकमबाट सामाजिक संघ संस्था र सामाजिक परोपकारी कार्यमा खर्च गर्दै आएका छन् ।

उनी कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन् । नगरप्रमुखमा निर्वाचित भएपछि नै उनले तलब भत्ता र पारिश्रमिकको रकमबाट जनताकै लागि वितरण गरेपछि मनकारी मेयरको उपमा उनले पाएका छन् ।