मुडिकुवा पहिरो : मृतकका परिवारलाई संघ सरकारबाट २ लाख र प्रदेश सरकारबाट ५० हजार राहत

३० भदौ, पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नंं ४ मुडिकुवाको शिर्शुवामा आइतबार गएको बाढी पहिरोका कारण पिडीत परिवारलाई गण्डकी प्रदेश सरकार र संघीय सरकारको तर्फबाट राहत बितरण गरिएको छ ।

बाढीका कारण घरबार बिहीन भएका र परिवारको सदस्य गुमाएका नविन बिकको परिवारलाई राहत रकम बितरण गरिएको हो ।

पिडीत नविन बिकलाई संघीय सरकारको तर्फबाट मृतक परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट २ लाख र गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार नगद हस्तान्तरण गरिएको छ । पिडीत परिवारलाई गण्डकी प्रदेशका मन्त्री लम्साल, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा र प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले राहत रकम हस्तान्तरण गरेका छन्।

पिडीतलाई राहत बितरण गर्दै मन्त्री लम्सालले पिडीत परिवारलाई तीनै तहका सरकार उनीहरुको साथमा छन भनेर थोरै राहत रकम भएपनि बितरण भएको बताउँदै प्रदेश सरकारले पिडीतहरुको आवास निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि प्रदेश सरकारले निणर्य गरेर काम अघि बढाएको बताउँदै बिकास निर्माणका योजनाहरु सञ्चालन गर्दा वातावरण प्रभाबको मुल्याँकन गरेपछि मात्रै काम गर्न सके यता बिपत्तीका घटना क मगर्न सकिने कुरामा जोड दिए । ‘

फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले स्थानिय सरकारले उद्दारको काम गरिरहेको बताउँदै नगरपालिकाको मापदण्डका आधारमा राहत बितरण गर्ने जानकारी दिए । पशुचौपायको क्षति र भबिश्यमा आयआर्जनका लागि समेत पिडीत परिवारलाई सहयोग गर्ने योजना बनाएको उनको भनाई थियो ।

फलेबास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले नगरपालिका सधै पिडीतहरुको राहत र उद्दारका लागि लागि परेको बताउँदै नगरपालिकाको तर्फबाट हुन सक्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाईन् ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले संघीय सरकारले उपलब्ध गराउने राहत बितरण गरिएको बताउँदै क्षतिको बिबरण संकलन गर्ने काम भैरहेकाले पहिरो नियन्त्रण र बस्ती नै स्थानान्तरण गर्नुपर्ने भएमा पनि जिल्ला बिपद् ब्यबस्थापन समितिले निणर्य गरेर प्रकृया अघि बढाउँने कुरा बताए ।

बाढी र पहिरोमा परेर स्थानीय नबिन विककी तीन बर्षिया छोरी निकिता विकको ज्यान गएको छ । बाढीमा परेर नविन विक, उनकी श्रीमती लक्ष्मी विक सहित अन्य दुई जना घाईते भएका थिए ।