संक्रमणकै वीच पर्वतमा प्रदेशका आयोजनाको काम शुरु, संघका आयोजनाको प्रगति न्यून

२८ भदौ, पर्वत । जिल्लामा रहेका विकासका आयोजनाहरु मध्ये प्रदेश सरकारका कामहरुको प्रगति अपेक्षित देखिएको छ । कोरोना संक्रमण, देशमा भइरहेको लक डाउन र संक्रमणमको जोखिमका बाबाजुद पनि संघ तर्फका विकास आयोजनाको तुलनामा प्रदेश सरकारका विकास आयोजनाहरुको कामले गति लिएका हुन् ।
जिल्लामा संघ सरकारबाट सडक, मोटरेवल पुल र खानेपानीको क्षेत्रमा काम भइरहेको छ । उता, प्रदेश सरकारबाट पनि सडक, मोटरेवल पुल, झोलुंगे पुल र खानेपानीको क्षेत्रमा काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय मार्फत संघ सरकारका विकास आयोजना कार्यान्वयन छन् । यसैगरी आयोजनाहरु मार्फत सडक निर्माणको लागि आरसिआपि मार्फत पनि सडक बनिरहेका छन् । संघकै कार्यालय भुकम्प अनुदान आयोजनाले सडक भुकम्पका सडक निर्माण तथा भुकम्प अनुदान आयोजना शिक्षाले विद्यालयको भौतिक संरचनाको निर्माण गरीरहेको छ । उता, राष्ट्रिय लोकमार्गको रुपमा कालीगण्डकी करीडोर र मध्यपहाडी लोकमार्ग पनि संघीय सरकारको कार्यालय मार्फत नै निर्माण भइरहेका छन् । भने सहरी विकास कार्यालयले पनि कुश्मा बजारका सडक निर्माण कार्य गरीरहेको छ ।

प्रदेश सरकार तर्फ पूर्वाधार विकास कार्यालयले सडक, मोटरेवल पुल, झोलुगे पुल र भवन निर्माणको क्षेत्रमा काम गरीरहेको छ । सिंचाई, खानेपानी र जलाधार संरक्षण क्षेत्रमा पनि प्रदेश सरकारका कार्यालयहरु मार्फत काम भइरहेका छन् ।

पछिल्लो समय लक डाउन खुकुलो हुँदै गएपछि पूर्वाधार कार्यालय तर्फका आयोजनाहरुले गति लिएका छन् । कुश्मा दुर्लुङ सडकमा काम भइरहेको छ । कुश्मा बजार क्षेत्रमा निर्माण भइरहेको सरकारी कार्यालय जोड्ने सडकहरुको काम अन्तिम चरणमा पुगेको छ भने, कुश्मा रिंग रोडको कामले पनि गति लिन थालेको छ । लक डाउनकै अवधिमा पूर्वाधार कार्यालय मार्फत निर्माण भइरहेको लमायखोला मोटरेवल पुल सम्पन्न भएको छ । अन्य मोटरेवल पुलका आयोजनाहरुको काम पनि गति लिएका छन् ।
उता, संघ सरकार मार्फत बनिरहेको मध्यपहाडी लोकमार्गको काम ठप्प छ । कालीगण्डकी करीडोरमा काम हुन सकिरहेको छैन् । सदरमुकाम कुश्माबजारका सडकहरुमा शुरु भएको कालोपत्रे र नाली निर्माण कार्य पनि निकै धिमा गतिमा अघि बढेको छ । काम बन्द प्रायः अवस्थामा छ । उता, निर्माणधिन मोटरेवल पुलहरुमा पनि काम भएको छैन । सडक डिभिजन कार्यालय मार्फत निर्माणधिन सडकहरुको प्रगतिमा पनि उल्लेख्नीय छैन् ।

पूर्वाधार कार्यालय पर्वतका अनुसार जिल्लाका धेरै आयोजनाको काम शुरु भइरहेको छ । केहि आयोजनामा कामदारका अभावका कारण काम शुरु हुन नसकेपछि कामदारको जोहो भइरहेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिएका छन् । कार्यालय मार्फत काम भइरहेको कुश्मा बजार क्षेत्रको कालोपत्रेको एउटा काम सम्पन्न हुन लागेको छ भने रिंग रोडको अर्को कामका लागि कामदार आइसकेको र केहि दिनमा शुरु हुने अवस्थामा छन् । उता, कुश्मा दृुर्लुङ सडक खण्डको काम निरन्तर भइरहेको छ ।

निर्माणधिन मोटरेवल पुलहरुको काम पनि भइरहेको कार्यालय प्रमुख आचार्यले बताए । कार्यालय मार्फत निर्माणधिन चिसापानी हुवास सडकमा पनि काम शुरु भएको छ । सडक खण्डका मोटरेवल पुलहरुको काम पनि शुरु हुने अवस्थामा पुगेको छ । केहि ठुला आयोजनाहरुमा कामदारको अभाव भएकाले ति आयोजनाहरुमा कामदार ल्याउन सहजीकरण गरी काम शुरु गर्ने अवस्थामा पुगेको कार्यालयका प्रमुख आचार्यले जानकारी दिएका छन् ।

उता, मध्यपडाली लोकमार्गको काम बन्द अवस्थामा छ । आरसिआइपि आयोजना मार्फत निर्माणधिन जिल्लाका ३ वटा सडकहरुमा पनि काम शुरु भएको छैन् । सहरी विकास कार्यालय मार्फत निर्माण भइरहेको कुश्मा बजार भित्रको सडक पनि लामो समय देखि बेवारिसे अवस्थामा पुगेको छ ।

लक डाउन, संक्रमणको कारण देखाउँदै आयोजनाहरुको काम ढिला हुँदा जनताले खोजेको विकास भने समयमा नहुने देखिएको छ । अर्थ वीट साप्ताहिकबाट