कांग्रेस अधिवेशनको तयारीमा, कार्यकर्ता पार्टी छोड्दै नेकपामा, महाशिलामा ५१ जना कार्यकर्ता नेकपा प्रवेश

१९ भदौ, पर्वत । जिल्लाको महाशिला गाउँपालिका वडा नं। ५ लुंखुदेउरालीमा शुक्रवार ठुलो संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।

महाशिला ५ लुङ्खदेउराली अन्तरगत विभिन्न टोलहरु बाट टेकबहादुर गुरुङ, नारायणदत्त शर्मा, नारायण शर्मा, बाबुराम शर्माले नेतृत्व गरि ५१ जना नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ताहरु नेकपाका प्रवेश गरेका हुन ।

नवप्रवेशीहरुलाई महाशीला गाउँपालिकाका अध्यक्ष एवम् नेकपामा नेता राजु पौडेल, नेकपा सचिबालय सदस्यहरु विष्णुराम विक, महाशीलाका प्रवक्ता एवम् नेकपा जिल्ला सचिबालय सदस्य जीवन उच्चै ठकुरी, महाशीला वडा नं। १ का अध्यक्ष इश्वरीप्रसाद भुसाल लगायतले टिका लगाएर स्वागत गरेका थिए ।

नेपाली काँग्रेसमा लामो समय लागे पनि मुलुक परिवर्तनका लागि काम गर्न नसकेको र नेपालको विकास र समृद्धि नेकपावाटै सम्भव भएको भन्दै उनिहरु नेकपामा प्रवेश गरेका हुन ।

उनिहरुले अब आजिवन नेकपामा लागेर राजनीतिक सँगै समाजको विकासमा लाग्ने प्रतिवद्धता र सपथ समेत खाएका छन् । महाशीला वडा नं५ वडा कमिटिका अध्यक्ष टिकु मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भिम गुरुङले गरेका थिए ।