पर्वतमा ३१ प्रतिशत संक्रमीत निको भएर घर फर्के

१८ असार, पर्वत । कोरोनाको असर भयाभह हुन्छ भन्ने आकलन । त्यहि आकलनका कारण विगत १ सय दिनदेखि देशमा लक डाउनको घोषणा गरिएको । लक डाउन खुकुलो भए पनि सार्वजनिक सवारी साधन सञ्चालनमा अझै पनि कडाई गरिएको छ । लक डाउनका कारण देशको अर्थ ब्यवस्था निकै धरासयी बनिरहेको छ ।

देशभरको यो कडाई हेर्दा कोभिड १९ नामक कोरोना भाइरसले निकै ठूलो मानवीय क्षति हुने पूर्वानुमान गरिएको थियो । भाइरसको आशंका गरिएको लक डाउनले ‘हनिमुख डे’ मनाउँदा देशमा मात्र ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । १२ हजार भन्दा बढि संक्रमीत हुँदा ३० जनाको मृत्यु सामान्य जस्तै हो ।

एता, पर्वत जिल्लामा कुल ८६ जनामा संक्रमण पुष्टि भएको छ । त्यो संख्याको ८० प्रतिशत हिस्सा भने भारतबाट फर्केहरुले लिएका छन् । बाँकी स्थानीय समुदायका मानिस हुन् । घटनाक्रम यत्तिमा मात्र सिमित छैन् । जिल्लामा कुल संक्रमीत मध्ये ३१ प्रतिशतको रिर्पोट नेगेटिभ आएर उनीहरु घर फर्केका छन् । कुल संक्रमीत मध्ये २६ जना घर फर्केका हुन् ।

संक्रमीत भए विरामी भएनन

जिल्लामा देखिएका ८६ जना कसैमा पनि संक्रमणको लक्षण देखिएको छैन् । यस अघि विश्व स्वास्थ्य संगठन देखि नेपाल सरकारले भनेका लक्षणहरु कसैमा पनि देखिएका छैनन् । संक्रमीतमा उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने र स्वा प्रश्वासमा समस्या हुने भनिएको थियो । आजसम्म भेटिएका कसैलाई पनि त्यस्तो सक्रमण देखिएको छैन् । न उनीहरुलाई उपचार गर्न परेको छ, न उनीहरु विरामी भएका छन् । सामान्य अवस्थामा रहेका उनीहरुलाई परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएकै भरमा आइसोलेसनमा भर्ना गरिएको छ । उनीहरु कसैलाई पनि थप उपचार गर्न परेको छैन । सवै संक्रमीतहरु आफू निकै स्वस्थ्य रहेको बताउँदै आएका छन् ।

समुदायमा संक्रमणको दर न्यून

समुदायमा समेत संक्रमण पुष्टि भएको पर्वतमा थप समुदायका मानिसहरुमा संक्रमण पुष्टि हुन सकेको छैन । पुष्टि भएका समु्दायका मानिसहरु मध्ये अधिकांशको घर परिवारमै अहिलेसम्म संक्रमण पुष्टि हुन सकेको छैन् । उनीहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको समेत परिक्षण गर्दा निकै कम मानिसमा मात्र संक्रमण देखिन्छ । संक्रमीतको सम्पर्कमा रहेकाहरुमा पनि संक्रमण नदेखिँदा त्यसले भाइरस सर्ने विषयमा अनेक प्रश्नहरु उब्जाएको छ ।