जलजलामा सञ्चार मैत्री नीति : लोककल्याणकारी विज्ञापनको शुरुवात हुने

११ असार, पर्वत । जिल्लाको जलजला गाउँपालिकाले सञ्चार मैत्री नीति अवलब्बन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले आगामी बर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रवद्र्धनमा थप सहयोग गर्ने कुरा उल्लेख गरिएको छ ।

गाउँपालिकाका गतिविधिहरुलाई नागरिकहरुलाई सूसुचित गर्न स्थानीय सञ्चार माध्यमहरु विभिन्न पत्रपत्रिका, एफएम रेडियो लगाइत अनलाईन मिडियासंगको सहकार्यलाई निरन्तरता दिईने कुरा उल्लेख गरिएको छ । यसैगरी अध्यक्ष मल्लले जिल्लामा पहिलो पल्ट लोककल्याणकारी विज्ञापन तथा सुचनाहरु समेत उपलब्ध गराउने कुरा उल्लेख गरेका छन् ।

जिल्लाका ७ वटा पालिकाहरु मध्ये पहिलो पल्ट औपचारिक रुपमा नै सञ्चार गृहहरुमा लोककल्याणकारी विज्ञापन तथा सुचनाहरु प्रसारणका लागि सञ्चार गृहलार्य एकिकृत रुपमा सञ्चालन गर्ने नीति लिइने कुरा उल्लेख गरिएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा परम्परागत सञ्चार माध्यमिको रुपमा कायम रहेको कटुवाल प्रथालाई आधुनिक प्रविधिको माध्यमबाट ब्यवस्थित र प्रभावकारी बनाईन तथा कटुवाललाई पारिश्रमिकको रुपमा दिइदै आएको सहयोगलाई निरन्तरता दिइने कुरा समेत उल्लेख गरिएको छ ।