प्रयोगशालामा पर्वतका १ सय ६७ जनाको स्वाब ६ दिन देखि जाँच गरिएन

२८ जेठ, पर्वत । भारतवाट आएर क्वारेन्टिमा बसेकाहरु सहित अन्य गरी १ सय ६७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
गत शुक्रवारदेखि संकलित स्वाव परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामामा पठाईएकोमा ६ दिन वित्दा अझै पनि रिपोर्ट आउन सकेको छैन । पर्वतवाट गएको शुक्रवार ७९, आइतवार ४२ र सोमवार ३९ जना भारतवाट आएकाहरुको स्वाब संकलन गरेर परिक्षणका लागि पठाईएको हो ।

भने बाँकी स्वास्थ्यकर्मी र अस्पतालमा आएका बिरामीको संकलन गरिएको थियो । उनिहरु कसैको पनि अहिलेसम्म रिपोर्ट नआएको पर्वत जिल्ला अस्पतालका निमित्त मेडिकल सु्परिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।

उनका अनुसार प्रयोगशालामा विभिन्न जिल्लावाट आएका ९ सय भन्दा बढि नमुनाहरु रहेकाले रिपोर्ट आउन ढिलाई भएको हो ।

भारतवाट आएकाहरु सदरमुकाममा रहेका क्वारेन्टाईनमा बसिरहेका छन् । रिपोर्ट आउन ढिलाई हुँदा उनिहरु स्थानीय तहको क्वारेन्टिनमा जान पाएका छैनन् ।
कुश्माको शिवालय माविको क्वारेण्टाईनमा रहेका ३९ जनाको सोमवार कोरोना परिक्षणका लागि स्वावको नमूना संकलन गरिएको थियो । पर्वत अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाले क्वारेण्टाईनमा बिगत ६ दिन देखि बसिरहेकाहरुको कोरोना परिक्षण गर्नुपर्ने भएकाले स्वाव संकलन गरिएको बताए ।

पर्वतमा यस अघि ९ जना संक्रमणीत पुष्टि भएपछि उनीहरुलाई कुश्मा स्थित कोरोना अस्पतालमा भर्ना गरी गरिएको छ । भर्ना भएका सवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

प्रयोगशालामा स्वाबका नमुनाहरुका चाङ लाग्दा विगत ६ दिनदेखि पर्वतको स्वाब प्रयोशालाले परिक्षण नै गरेको छैन । यसले गर्दा नेगेटिभ वा पोजेटिभ कस्तो रिर्पोट आउँछ त्यो यकिन नहुँदा क्वारेन्टाइनमा बसेकाहरु समस्यामा परेका छन् ।