पर्वतमा १ सय २५ पिसिआर नेगेटिभ, यस्तो बन्यो नयाँ सुरक्षा नीति

१० जेठ, पर्वत । जिल्लामा कोरोना परिक्षण गरिएका १ सय २५ थ्रोड स्वाब (पिसिआर)को रिर्पोट नेगेटिभ आएको छ । गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोशालामा जाँच गरिएका पर्वत जिल्लाका १ सय २५ वटा रिर्पोट नेगेटिभ आएको हो । जिल्लामा लक डाउन पूर्व विदेशबाट आउनेहरुको पिसिआर जाँच गरिएको थियो ।

भारतबाट आउनेहरुको भने आरडिटि विधि मार्फत जाँच गरिएको थियो । उनीहरु सवैको रिर्पोट अहिलेसम्म नेगेटिभ देखिएको छ । पछिल्लो समय लक डाउन खुकुलो बनाइए पछि भारतबाट पर्वत फर्केनेहरुको संख्या पनि बढेको छ । भारतबाट घर फर्केकाहरुलाई ब्यवस्थापन गन नयाँ सुरक्षा रणनिती अबलम्बन गर्न थालिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कमाण्ड पोष्ट तथा सुृरक्षा समितिका बैठकले नाकाबाट जिल्ला प्रबेश गर्नेहरुको चेकजाँचलाई कडाई गर्ने रणनिती लिएको छ भने भारत र तेस्रो मुलुकबाट आउनेलाई एकद्वार नितीका आधारमा जिल्लामा भित्र्याउने निती लिएको छ ।

पर्वत जिल्ला मात्रै नभई पुरानो धौलागिरी अञ्चलको प्रमुख नाका रहेको डिमुवा, कार्किनेटा , हुवास, सेतीबेणी, पुर्तिघाट लगायतका नाकाहरुमा सुरक्षा ब्यबस्था सुदृढ गरिएको छ । जिल्लामा रहेका नेपाल प्रहरीका प्रहरी चौकीहरुमा आवश्यकता र मागका आधारमा थप सुरक्षा बल पठाइएको छ । कार्किनेटामा शसस्त्र प्रहरी बल समेत राखिएको छ भने बिहादी गाउँपालिका र इप्रका हुवासमा नेपाल प्रहरीको थप सुरक्षाबल पठाइएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा विदेशबाट फर्कनेहरु लुकीछिपी पस्ने र कोरोना परिक्षण नगराउने सम्भावना हुँदा संक्रमण फैलन नदिन नाकामा नै रोक्ने र चेकजाँचमा कडाई गर्ने रणनिती लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

पछिल्ला दिनमा रातको समयमा ट्रक लगायतका सवारी साधनबाट सुरक्षाकर्मीलाई छलेर जिल्ला प्रबेश गर्ने क्रम बढेको गुनासो आउने गरेको छ । पैयु र बिहादी गाउँपालिकाका पुराना पैदल मार्गबाट पनि भारतबाट लुकेर आउनेहरु प्रबेश गरेको र घरमा लुकिछिपी बस्ने गरेको सुचना आउन थालेका छन ।

भारतमा लकडाउन खोकुलो भएपछि धेरै मानिस जिल्ला भित्रने भएका छन् । उनीहरुको ब्यवस्थापनका लागि स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरुको प्रयोग गरिनेछ । शुक्रबार वा शनिबार कैलाली र कञ्चनपुरबाट थप ७ जना जिल्ला भित्रदैछन । भारतको क्वारेन्टाइनमा बसेका उनीहरुलाई पनि जिल्ला भित्र्याईदै छ । जिल्लामा ल्याउने बित्तिकै पिसिआर टेष्ट गर्ने र पोजेटिभ देखिएमा आइसोलेसनमा पठाउने तथा नेगेटिभ आएमा निष्चित समय होम क्वारेन्टाईनमा राख्ने रणनिती बनाइएको छ । बिदेशबाट फर्कनेहरुको ब्यबस्थापन र लगत संंकलनका लागि सहज बनाउन जिल्ला प्रशासन कार्यालयले पर्वतका सातैवटा पालिकासंग बैठक सम्पन्न गरेर रणनिती बनाएको छ ।

पछिल्लो समय पर्वत जिल्लामा सामाजिक सम्पर्कमा रहेकाहरुको पनि परिक्षण कार्य भईरहेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुको समेत पिसिआर चेक भईरहेको छ । यसैगरी वित्तिय संस्थाहरुमा काम गर्ने कर्मचारी र सम्भावित अन्य ब्यक्तिहरुको समेत खोजी गरेर थ्रोड स्वाब लिने र आरडिटि मार्फत परिक्षण गर्ने कार्य भईरहेको छ । सवै परिक्षणको नतिजा अहिलेसम् मभने नेगेटिभ देखिएको छ ।