‘परराष्ट्र मन्त्रीलाई बोल्न समेत नदिने निकृष्ट काम भयो’–सांसद गिरी

२९ वैशाख, पर्वत । सिमा अतिक्रमणको विरुद्धमा सवैजना एकताबद्ध भएर लड्नुपर्ने बेलामा अन्तराष्ट्रिय सबन्ध समितिमा परराष्ट्रमन्त्रीलाई बोल्न पनि दिने कार्यलाई सांसद गिरीले निकृष्ट कार्यको संज्ञा दिएका छन् । सत्तारुढ दल नेकपाका नेता समेत रहेका सांसद गिरीले संसदको अन्तराष्ट्रिय सबन्ध समितिमा मन्त्रीलाई बोल्न नदिएको प्रति आपत्ति ब्यक्त गर्दै सिमा अतिक्रमणको विरुद्धमा एकताबद्ध भएर लड्न सवैलाई आग्रह गरेका हुन् ।

सांसद गिरीले सिमा अतिक्रमणको गहन र संवेदनशिल विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बोल्न नदिने कार्यको विरोध समेत गरेका छन् । अन्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा नेकपाका नेता समेत रहेका सांसद भिम रावलले मन्त्री माथि अभद्र ब्यवहार गरेका थिए ।

सिमा अतिक्रमणको विरुद्धमा योजना बनाउने बेलामा रावलले मर्यादा विपरित कार्य गरेको भन्दै सर्वत्र विरोध भईरहेको छ । सांसद गिरीले वास्तविकता नबुझि नियोजीत रुपमा सरकारका विरुद्धमा वैठकमा केहि सांसदहरु प्रस्तुत हुनु दुःखत रहेको बताएका छन् । उनले यस्तो ब्यवहारबाट कसैलाई पनि फाइदा नपुग्ने समेत बताए । भारतले गरेको सिमा अतिक्रमणको विरुद्धमा लड्नुपर्ने बेलामा सत्ता स्वार्थमा लाग्नु नेपाल र नेपालीका लागि दुर्भाग्यपूर्ण भएको सांसद गिरीको भनाई छ ।

सांसद गिरीले ब्यक्तिगत स्वार्थ पुरा नभएपछि पूर्व मन्त्रीको हैसियत भएको ब्यक्तिले सरकारको विरुद्धमा धाराप्रवाह रुपमा विरोधमा उत्रने कार्यले कसैलाई पनि फाइदा नपुग्ने टिप्पणी गरे । उनले अन्तराष्ट्रिय अभ्यास बमोजीम विज्ञप्ति जारी गर्ने कुरालाई नेता रावलले अतिरञ्जित गरेको समेत बताएका छन् । सिमा अतिक्रमण गरेर भारतले देखाएको दादागिरीको विरुद्धमा एकताबद्ध भएर लड्ने र नेपाली भूमि फिर्ता ल्याउने काममा सवै दल मिलेर लाग्नुपर्ने सांसद गिरीको भनाई छ । सांसद गिरीले सिमा विवाद र सडक निर्माणको कार्य कुटनैतिक वार्ता र पहलद्धारा तत्काल सम्बोधन गर्ने काममा सरकार लागि परेको समेत बताएका छन् ।