सपनामा सम्बाद हुन्छ

(गणेश गिरी)

कविता

सुते सपना देख्छु,
सपनीमा तिमी आउँछौ
कुरा हुन्छ,
सम्बाद चल्छ,
सपनीमा रमाउँछु
केहि दुरी हिड्छु
कुरा गर्छु
धेरै बोल्दिनौ
सुनेर बस्छौ
केहि बोल्छु,
आँशु झारछु
भावविह्ल हुन्छु
सम्हालीन खोज्छु
केहि कुरा भन्न खोज्छु
सुनेको सुनै गर्छौ
प्रतिक्रिया विहिन
एकनास
टोलाउँछौ तिमी
प्रश्न मेरा धेरै छन्
उत्तर भने छैनन्
अनुत्तरीत सम्बाद
केहि बेर चल्छ
केहि बेर रोकिन्छ
मनमा सन्त्रास छाउँछ
मुटु फूले झै हुन्छ
धडकन् बढेर जान्छ
परिस्थिती बद्लिएको छ
सपनाहरु वदलिएका छन्
विपनाहरु अर्कै छन्
इश्वर नाउँको प्रतिमूति
नजिकै आउँछ
अदम्य शासक बोकेर
इश्वरसंग झगडा हुन्छ
आवाज मात्र सुन्न पनि
सपनामै रमाउनुपर्ने
विपनीको प्राप्ति
अर्को जुनीलाई कुर्नुपर्ने
मनमा अनेक बहस चल्छ
रुझेका आँखा पुछ्न खोज्छु
अनाचक आफूलाई
विपनीमा पाउँछु
आँखा रुझेका हुन्छन्
मुटु धडकेको हुन्छ
काल रात्रीका सपनाहरु
मन भित्रै
क्रन्दन रुपि
जलन बनेर आउँछन्
सपनाह सायद विपना हुन्
अर्को जुनी कुर्नुको
विकल्प छैन्
यहि सम्झी वित्छन्
यी विपनाहरु ।।।