‘लक डाउन खुकुलो भए असार भित्रै कालोपत्रेको काम शुरु हुन्छ’–आयोजना प्रमुख थापा

१३ वैशाख, पर्वत । लक डाउका कारण विगत १ महिना देखि निर्माण कार्य बन्द भएको मध्यपहाडी लोक मार्गको पर्वत खण्डको निर्माण कार्य शुरु भएको । मध्यपहाडी लोकमार्गको आयोजना कार्यालयका प्रमुख आशिष थापाका अनुसार निर्माण कार्य बन्द भएको १ महिना पछि निर्माण कार्य शुरु भएको हो ।

लक डाउन कायम रहे आगामी असारसम्म कालोपत्रेको काम नसकिने तर लक डाउनले स्वरुप परिर्वतन गरे कालोपत्रेको काम शुरु गर्ने तयारी कार्यालयले गरेको मगरको भनाई छ । अवको अधिकांश काम कालोपत्रेको बाँकी रहेको हुँदा उक्त काम शुरु भएको बढिमा २ महिना भित्र सकिने थापाले जानकारी दिए । केहि कटिङ र नालीको काम मात्र पर्वत खण्डमा बाँकी रहेको छ ।

लक डाउनका कारण स्थानीय कामदारले समेत आयोजनाको फिल्डमा काम गरेका थिएनन । आयोजना प्रमुख सिनियर इन्जिनियर थापा भन्छन–‘बाहिरबाट आएका कामदार घर गए, स्थानीय कामदारबाट काम अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिएका छौं ।’ आयोजनामा निर्माण सामाग्रीको अभाव नभएको आयोजना प्रमुखले जानकारी दिए ।

थापाका अनुसार हाल ७५ जना कामदार साइडमा रहेका छन । स्टक्चरको काम धेरै प्रतिशत सकिएकाले अव मेसिनबाट गर्नुपर्ने काम बाँकी रहेको छ । आयोजनाको झण्डै ६० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुखको भनाई छ ।

सडक निर्माण कार्य नसकिँदा पर्वत खण्डको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । पर्वत खण्डको झण्डै २३ किलोमिटर सडक खण्ड मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत स्तरोस्नती सहित निर्माणको चरणमा छ ।

आयोजनाको निर्माण कार्यमा सवैभन्दा चुनौतिपूर्ण रहेको कुश्मा ८ चुवा स्थित भिर र तिलाहारको मह भिरको कटिङको धेरै काम सकिएको आयोजनाले जनाएको छ । चुवाको भिरमा बम ब्लास्ट गर्ने कार्य पनि सकिएका कारण निर्माण कार्य अव शुरु हुँदा प्रगति देखिने गरी आयोजनामा काम हुने आयोजना प्रमुख थापाले बताए ।

पर्वत खण्डको निर्माण कार्यको जिम्मा लामा कस्ट्रक्सनले लिएको छ ।