म मेरा प्याराको पिरमा छु

🌻म मेरा प्याराको पिरमा छु🌻

घरभरी केटाकेटी
च्या च्या र चु चु ।
मैदान भरी हल्ला र खल्ला
कराइ र रुवाइ उस्तै
अचम्म रमाइलो लाग्थ्यो मलाइ
त्यो परिबार
जहा 10 बज्न नपाउदै एक हुल केटाकेटी
अगाडी लगाएर हिडदा
बेला बेला Goodmorning sir
good morning …. ……को आबाज
10 बजे बज्ने घन्टी र रास्टिय गानको गुन्जन
अनि
अचम्म रमाइलो थियो कार्य शैली
उनिहरुकै शैलिमा नाच्नु पर्ने अनि नचाउनु पर्ने
डस्टर र मार्कर सेतो पाटिमा नचाउदै
सिर्जनाको खोजिमा सब्दहरु
भट्ट्याउने र सामाग्री जम्मा पार्थे
केटाकेटिको मनमा डेरा जमाउन खप्पिस

शिक्षक होइन
बुबा र आमाको प्रतिक हु जस्तै लाग्थ्यो ।
4 बज्दा थकित मन लिएर
हाजिरि कपिमा हस्ताक्षर गर्दा नगर्दै
भुक्क छाती फुल्थ्यो !
मसान घाट जस्तै सुनसान बिध्यालय
आज
साच्चै मसान घाट जस्तै बनेको छ।
नदेखेको नभेटेको पनि धेरै भै सकेछ
मेरा जिबन दर्शनका प्याराहरु
बज्न छाडेछन फलामे घन्टि र रास्ट्रीय गितका
सङित हरु
good morning आबाजका समुधुर
भाकाहरु
नाच्न छाडेका मार्कर र डस्टरहरु
ठुस्स रिसाएर
सेतोपाटिको मैदान धुलोले लप्पक्क पोतिएको छ
मेरा उर्जाहरु
घरको चारकुनामा थन्किएको छ
अनि
म मेरा प्याराहरुको ससर्ग नपाएको पिरमा छु 😭
मेरा ति प्याराहरु जो मेरो उर्जामा
सिर्जना गर्थे र मलाइ उत्साहित बनाउथे
कतै ?
ति सिर्जनाहरु….. उफ!!
भो भो सोच्न सक्दिन
धारलगाउन अझै कति कति बाकी थियो
गिद्दे नजर लगाउछ कि खिया लागेर
मेरा प्याराका सिर्जनाहरुमा
कतै ढुसी पलाउछकी ?
हाम्रा सिर्जनाका सामग्रीहरुमा
तनाबमा छु
कोरोना भन्दा
मेरा उर्जा र प्याराका सिर्जनाहरुमा
महामारीको नजर पर्छ कि भनेर ?
त्यसैले त हतास र आतिएको छु
मसानघाट रुपि बिध्यालयलाइ
फेरि
बगैचामा परिणत गरि
सुन्दर बिरुवाका कोपिलाहरुलाइ
माली बनेर गोड्मेल गर्न
अनि
तडपिएकोको छु
कोपिलाहरु मुस्कुराएर फुलेको हेर्न !!
मेरा कर्म भित्रका मर्महरुले
ति प्यारा हरुलाइ आशिर्बाद दिन !!
🏵️अस्तु🏵️


#सुरेन्द्र शर्मा गौतम ( पर्बत)