पर्वतमा कोरोना रोक्ने उपाय

(गणेश गिरी/विचार)

अरु जिल्लाको तुलनामा कोरोना संक्रमण रोक्ने उपायमा कमजोर नठहरिएको पर्वत जिल्ला अझै पनि उच्च जाोखिमै छ । देशका विभिन्न जिल्लामा संक्रमीतको सख्या बढ्दै जाँदा पर्वत सुरक्षित रहने विषय नै भएन । चैत २ गतेको साँझसम्म देशभर १६ जना संक्रमीत भएको पुष्टि भएको छ । संक्रमीत भेटिने दरमा बृद्धि भएपछि सरकारले चौथो पटक लक डाउनको अवधि पुनः थप गरेको छ । वैशाख १५ गतेसम्म लक डाउनको अवधि सरकारले बढाएको हो ।

पर्वत जिल्लाको हकमा भने ६८ जनाको थ्रोड स्वाबबाट कोरोना संक्रमणको जाँच भएको छ । २ सय ४३ जनाको ¥यापिड डाइगोनिष्टक टेष्ट विधि मार्फत परिक्षण सम्पन्न भएको छ । यो जिल्लाको लागि एउटा उपलब्धि हो । विधि, विज्ञान र प्रयोगशालालाई विश्वास गर्ने हो भने, पर्वतमा विदेशबाट आएका र जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरुमा अहिले कोरोना संक्रमण छैन ।

ट्रसिङ विधि मार्फत पनि अरु जिल्लाका संक्रमीतहरुका आफन्तहरुको पर्वत जिल्लामा कोरोना परिक्षण कार्य सम्पन्न भएको छ । यी र यस्ता सफल उदाहरण हेर्दा पर्वतले कोरोना संक्रमण रोकथामको अभियानमा केहि प्रगति गरेको देखिन्छ ।
रोकथाम यत्तिले मात्र भने काफी छैन । सम्भावित भयाभहको अवस्थालाई रोक्नका लागि केहि विशेष कार्य योजना निर्माण गर्न नसक्ने हो भने, महामारी हामी देखि टाडा छैन ।

१) नाकाहरु सिल गर्ने

जिल्लामा सवैभन्दा ठूलो समस्या नाकामै देखिएको छ । खाद्यन्न आपूर्ति सहज बनाउने भनेर ट्रक र केहि अत्यावश्यक सवारी साधनलाई खुल्ला गरिएको छ । तर तिनै सवारीहरुमा दैनिक केहि न केहि मानिस जिल्ला भित्रिएको देखिन्छ । केहि मानिस पर्वत हुँदै म्याग्दी, मुस्ताङ र बागलुङका लागि पर्वत मार्ग प्रयोग गरेका छन भने केहि पर्वत जिल्लामा नै आएको देखिन्छ । योसंगै जिल्लाका लागि अर्को चुनौति भनेको तराई क्षेत्रबाट आउने खाद्यन्न बोकेका सवारी साधन पनि हुन ।

विरगंज र रौतहटमा संक्रमीत भेटिदा ति ठाउँबाट आउने ट्रक र ट्रकसगै लुकी छिपी आउने मानिसहरु नियन्त्रण गर्नु मुख्य अभिभारा हो । केहि अन्य जिल्लाबाट पनि पर्वत जिल्लामा आउने क्रम पनि लुकीपिछी नरोकिएकाले नाकाहरुमा कडाई गर्नु अहिलेको मुख्य उपाय हुनसक्छ । कास्कीको नयाँपुल, पर्वतकै आर्थर, चित्रे, कार्किनेटा, हुवास, सेतीवेणी पर्वत भित्रने पूर्व र दक्षिणी क्षेत्रका मुख्य नाका हुन । ,

पश्चिम तर्फ बागलुङ र म्याग्दीका धेरै झोलुगे पुलहरु भएका स्थानहरु नाकामा रुपमा छन । सडक मार्ग भने पर्वत माढुंगाको नाकामा पर्दछ । जिल्लामा भएका यी नाकाहरुमा कडाई गर्दा मात्रै पनि जिल्ला धेरै मात्रामा सुरक्षित रहने देखिनेछ ।

२) जिल्ला छिरेकाहरुको सुचि तयार

लक डाउन अघि जिल्ला छिरेका विदेशबाट फर्केकाहरुको सुचि तयार भएको छ । तर, जिल्ला बाहिरबाट पर्वतमा आएकाहरुको सुचि तयार हुन सकेको छैन । अरु जिल्लाहरुमा पनि संक्रमण देखिएका कारण पर्वत जिल्लामा अरु जिल्लाहरुबाट आएकाहरु पनि सुरक्षित छन भन्ने देखिदैन ।

अर्को तर्फ, लक डाउन शुरु भएपछि पनि मानिसहरु जिल्लामा भित्रिएका छन । देशका विभिन्न जिल्लाबाट भित्रिएका उनीहरुको सुचि तयार बनाउने र उनीहरुको परिक्षण अवको आवश्यकता हो । त्यसको लागि महिला स्वास्थ्य स्वयम् सेविका परिचालन सवैभन्दा सफल उपाय हुनसक्छ ।

कतिपय जनप्रतिनिधिहरु (वडाअध्यक्ष) हरु राहात वितरणमा मात्र आफ्नो ध्यान केन्द्रित गरीरहेको बेला प्रत्येक गाउँ, वस्तीमा को नयाँ मानिस आएको छ पत्ता लगाउनु चुनौतिपूर्ण छ । त्यसको लागि साविक गाविसका ९ वटै वडाहरुमा महिला स्वास्थ्य स्वय्म सेविकाहरु छन । उनीहरुलाई सवै घरधुरीको वस्तुस्थिती थाहा छ । कुन घरमा को नयाँ मानिस आयो भन्ने आधाकारित तथ्यांक उनीहरुसग प्रत्येक वडाहरुमा रहेका स्वास्थ्य चौकी इन्चार्जहरुले लिन सक्छन ।

स्वाथ्य चौकी इन्चार्जहरुले गाउँपालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य संयोजकले जिल्ला स्वास्थ्य कार्यालयलाई सो विवरण र सुचि उपलब्ध गराउन सक्छन । त्यसबाट जिल्ल्लामा आएका नयाँ मानिसहरुको विवरण तयार हुने र उनीहरुको परिक्षण तथा निगरानी गर्न सहज हुने देखिन्छ । यस्तो कार्यमा स्थानीय तहहरुले विशेष भूमिका खेल्न सक्छन ।

लक डाउन भइरहेको बेलामा पनि लुकिछिपी आएकाहरु घरमै लुकेर बस्ने, त्यसको जानकारी वडाअध्यक्षहरुलाइ पनि नहुन सक्छ । कतिपय अवस्थामा क्वारेन्टाइनमा बस्नुपर्ने डरले उनीहरु गोप्य तरिकाले बस्न पनि सक्छन । सवै साविक वडाहरुमा स्वय्म सेविकाहको यथोचित प्रयोग गर्ने, वडाअध्यक्षहरुले निरन्तर निगरानी बढाउनु पर्ने देखिन्छ ।

३) लक डाउनको पूर्ण पालना र परिक्षणको दायरा

विश्व स्वास्थ्य संगठनको मापढण्ड बमोजीमको लक डाउन पालना गर्नु नै अवको अर्को मुख्य कार्यभार पनि हो । सामाजिक दुरी कायम गर्ने, ब्यक्तिगत सरसफाईमा ध्यान दिनु अहिलेको आवश्यकता हो । एक परिवार अर्को परिवारसंग सम्पर्कमा नआउने गरी लक डाउन अबलम्बन गर्दा पनि संक्रमणको जोखिम कम हुने देखिन्छ ।

यत्तिले मात्र नभई कोरोना संक्रमणको परिक्षण गर्न अव हिच्कीचाउनु हुँदैन । सक्रमणका लक्षण देखिएका वा नदेखिएका सवैले स्वः घोषणा मार्फत परिक्षण गर्ने कार्यलाई पनि निरन्तरता दिदै लैजानुपर्छ । गाउँबाट बजार झर्ने र बजार देखि गाउँ जाने प्रचलन अझै रोकिएको छैन । यो क्रमले लक डाउनको पालना गरेको देखिदैन । सावुन पानीले हात धुने र माक्सको यथोचित प्रयोग गर्ने हो भने पनि धेरै हद यो रोगबाट हामीले मुक्ती पाउनसक्ने डाक्टरहरुको दावी छ । एकाध महिना मात्रै कष्टकर जीवन विताउन हामी तयार हुने हो भने रोग विरुद्धको भविश्य उज्वल छ ।

हामीले गर्ने साना तिना गल्ती, कमजोरीको फाइदा उठाउँदै हाम्रो शरिरमा कोरोना प्रवेश गरयो र त्यसले महामारीको अवस्था ल्यायो भने पशुताउनु बाहकोको विकल्प हामी छैन । यी र यस्ता गतिविधिहरुलाई रोक्नका लागि सवै ब्यक्ति आफै सक्रिय नभएसम्म जोखिमको सम्भावनालाई कम गर्न सकिदैन ।  २०७७ वैशाख ३ गते प्रकाशित