विदेशबाट पर्वत आएकाहरुको “कन्ट्रयाक्ट ट्रेसिङ” हुँदै

१९ चैत, पर्वत । सरकारले विदेशबाट नेपाल भित्र्नेहरुको खोजी कार्य गरीरहेको छ । सरकारले रोग नियन्त्रण महाशाखा मार्फत यो कन्ट्रयाक्ट ट्रेसिङको कामको शुरुवात गरेको हो । विदेशबाट फर्किएका नेपाली नागरिकहरुको पहिचान गरी उनीहरुको सम्पर्कमा रहने परिवारका सदस्य तथा उनीहरुको नजिकमा रहने ब्यक्तिहरुलाई संक्रमण नसरोस भनेर सरकारले कन्ट्रयाक्ट ट्रेसिङ गर्ने गर्दछ । पर्वत जिल्लामा पहिलो तथ्यांकमा झण्डै ३ सय जना चैत १ गते पछि पर्वत जिल्ला भित्रिएका थिए । त्यस मध्ये स्थानीय तहहरुले निकालेको तथ्यांक अनुसार चैत ३ गते पछि पर्वतमा आउनेको संख्या झण्डै २ सय ३६ जना रहेको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले स्वास्थ्य कार्यालय पर्वत मार्फत ८६ जनाको अवस्था पहिचानको कार्य हुँदैछ । लक डाउनको शुरुवात हुन केहि दिन अघि मात्रै पर्वत जिल्लामा भारत बाहेकका देशबाट आएका कुल ८६ जनाको विस्तृत स्वास्थ्य विवरण लिने काम हुँदैछ । यस बाहेक विदेशबाट आएका सवै जनाको कन्ट्रयाक्ट ट्रेसिङको काम पनि संगै भईरहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन । नेपालका अनुसार विदेशबाट फर्किएकाहरु नै कोरोना संक्रमणको उच्च जोखिममा रहेका कारण उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम अवको मुख्य काम रहेको प्रजिअ नेपालको भनाई छ ।

कन्ट्रयाक्ट ट्रेसिङ पछि लक्षणका आधारमा उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रवन्ध गरिनेछ । प्रशासन कार्यालयले पछिल्लो समय विदेशबाट मात्र नभई देशका अन्य जिल्लाबाट आउनेको पनि कन्ट्रयाक्ट ट्रेसिङ गरिरहेको नेपाललले जानकारी दिइन । अन्य जिल्लाबाट पर्वत आए पनि केहि समय पहिले उनीहरु कहाँ थिए र को को संग सम्पर्कमा थिए भन्ने जानकारी लिनका लागि जिल्ला भन्दा बाहिरबाट आएकाहरुको पनि कन्ट्रयाक्ट ट्रेसिङ निकाल्न लागिएको उनले बताईन ।

यसै वीच पर्वतका स्थानीय तहहरुले बाहिरी जिल्लाबाट पर्वतमा आउनेहरुलाई पनि क्वारेन्टाइनमा राख्न थालेका छन ।