युवा संघ पर्वतद्धारा राहत वितरण

१९ चैत, पर्वत । राष्ट्रिय युवा संघ पर्वतको दिनभर काम गरेर बिहान बेलुका छाक टार्ने वास्तविक मजदुरहरुको लागि संकट को बेला खाद्यान्न सहयोग गर्ने कार्यक्रम सञ्चालन गरेको छ । सो अन्तर्गत आज नारायण सरको अनुरोधमा कुश्मा ५ भण्डारी टोलमा बर्दिया बाट आएर मजदुरी गर्ने दुई जनालाई नेपाल ट्रेड युनियन कुश्मा नगर अध्यक्ष खगेश्वरी शर्माको सहयोगमा खाद्यान्न राष्ट्रिय युवा संघ पर्वतका नेता सुनिल सिंह बानियाले हस्तान्तरण गरेका छन ।

यसैगरी पर्वत जिल्ला अस्पतालमा बन्दै गरेको ठेकदार सम्पर्क बिहिन भइ अलपत्र ९ जनालाई तत्कालको लागि खाद्यान्न अभाब नहोस भनेर स्वर्गीय आमा आश कुमारी गुरुङ्ग को स्मृतिमा जेठि छोरी जमन कुमारी गुरुङ्ग र उनको परिवारद्वारा मेसलाइ दुई बोरा चामल दाल नुन चिनी सोयाबिन र आलु उपलब्ध गराएका छन। सो सामग्री स्व आश कुमारी गुरुङ्ग को छोरा गङ्गा गुरुङ्ग र नेकपा नेता गोबिन्द पहाडीको उपस्थितिमा राष्ट्रिय युवा संघ पर्वत का संयोजक थमनारायण पौडेल र राष्ट्रिय युवा संघ का नेता ढाकाराम सापकोटा र युवा संघ नगर कमिटी सदस्य धुर्ब श्रेष्ठ ले हस्तान्तरण गरेका हुन ।

त्यस्तै सोहि समयमा बडागाउँ मा रहेको कपास कारखानामा काम गर्ने मजदुरहरुलाइ पनि एक महिनाको लागि पुग्ने खाद्यान्न उपलब्ध गराइएको थियो । यसैगरी हाल कुश्मा बसि ज्याला मजदुरि गर्ने कुनपा ३ को अशोक बिक र म्याग्दी दोभा का मागेर गुजारा चलाउने अपाङ्ग धने बिक लाइ एकमहिनाको लागि पुग्ने खाद्यान्न नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका सदस्य देबेन्द्र पौडेल को सहयोग र साबिक प्रदेश कमिटी सचिवालय सदस्य अर्जुन पौडेल निर्जनको उपस्थित मा हस्तान्तरण गरिएको थियो।

यस्तै आज दिउँसो चितवन घर भइ कुश्मामा मजदुरि गर्ने पार्बती थापा र पर्वत कार्किनेटा घर भइ कुश्मामा मजदुरी गर्ने रेशम केसिलाइ १र१ बोरा चामल दाल नुन तेल युवा संघ नगर कमिटी सदस्य घ्रुब श्रेष्ठ को उपस्थितिमा प्रदान गरिएको युवा संघ पर्वतले जनाएको छ ।