फलेवास नगरपालिकाको विपद कोषमा ३५ लाख, विपद् कोषमा रकम सहयोग गर्न नगरपालिकाको आब्हान

१९ चैत, पर्वत । जिल्लाको फलेवास नगरपालिकाले विपद् कोषमा ३५ लाख रकम जम्मा गरेको छ । नगरपालिकाले एक सुचना निकाल्दै कोरोनाको संक्रमबाट पिडित बनेकाहरुका लागि सहयाग गर्न नगरपालिकाको तर्फबाट कोषमा ३५ लाख जम्मा गरेको जनाएको छ ।

नगरपालिकाका प्रमुख पदमपाणी शर्माले एकद्धार नीति अवलम्बन गर्दै दोहोरो राहत वितरण कार्यलाई निरुत्साहीत गर्न ब्यक्तिगत र संस्थागत सहयोग नगररपालिकालाई गर्न अनुरोध गरे । नगरपालिकाले सिधै ब्यक्ति र संस्थाले गर्ने सहयोगमा रोक समे लगाएको छ ।

सहयोग गर्न चाहनले कोषको खातामा रकम जम्मा गर्न र उक्त रकम नगरपालिका मार्फत नै विपन्न परिवारलाई वितरण हुने नगरपालिकाले जनाएको छ ।