‘पर्वतमा लक डाउन अझै कडा हुन्छ’-सिडिओ

१९ चैत, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले विहिबार देखि लक डाउन अझै कडा हुने बताएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पत्रकारसंगको सक्षिप्त भेटघाट कार्यक्रममा संघिय सरकारको निर्देशन बमोजीम भोली देखि लक डाउन अझै कडा पारिने जानकारी दिईन ।

अत्यावश्यक बाहेकका कामहरुमा मानिस बाहिर ननिस्कने भने पनि भोली देखि अति आवश्यकका केहि सिमित कामहरुमा मात्र मानिसलाई बाहिर निस्कन दिइने उनले बताईन । औषधि पसल र खाद्यन्न पसलमा बाहेक अन्य काममा मानिसको आवात जावतलाई कडाई गरिने नेपालको भनाई छ ।

पहिले वितरण गरिएका अधिकांश पासहरुलाई समेत रद्द गरिएको भन्दै नेपालले सरकारको निर्देशन बमोजीम सुरक्षा रणनीति परिर्वतन गरिदै लगिएको बताईन । उनले लक डाउनको समग्र अवस्था पर्वतमा सन्तोषजनक भएको समेत जिकिर गरिन ।

केहि गाउँघरमा मानिसहरु जम्मा भएको खबर प्राप्त भएको भन्दै ति ठाउँमा प्रहरी गस्ति र जनप्रतिनिधिहरुलाई समेत अनुगमन कार्यमा खटाइएको कारण पछिल्ला दिनहरुमा अवस्था सामान्य रहेको उनको भनाई ।

औषधि पसलहरुले नियमित सेवा दिईरहेको भन्दै कोरोना अस्पताललाई जिल्ला स्तरीय र क्वारेन्टाइनहरुमा पालिका स्तरीय र वडा स्तरीय बनाइएको समेत नेपालको भनाई छ । अहिले पर्वत जिल्ला भर ३ सय ५४ वेड क्षमताको क्वारेन्टाइन निर्माण सम्पन्न भएको समेत नेपालको भनाई छ ।

ति क्वारेन्टाइनको ब्यवस्थापन स्थानीय तहहरुले गर्ने समेत उनले जानकारी दिइन ।