पर्वतमा ‘लक डाउन’ : स्वास्थ्यमा समस्या आए यी नम्बरमा फोन गर्नुहोस्

११ चैत, पर्वत । सम्भावित कोरोना भाइरसलाई मध्यनजर गर्दै पर्वत जिल्लामा सोमबार देखि लकडाउन शुरु भएको छ ।

यो अवधिमा घरबाहिर अत्यावश्यक बाहेकका काममा निश्कन पाइदैन । घर भित्रै बस्न सरकारले अनुरोध गरेको छ । यो अवधिमा स्वास्थ्यमा कुनै प्रतिकूल समस्या आएमा अस्पताल जानुपूर्व स्वास्थ्यकर्मीलाई फोन गर्न पर्वत जिल्ला अस्पतालले अनुरोध गरेको छ ।

अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले दिर्घ रोग र सामान्य रोगका विरामीहरुले अहिले उपचारका लागि अस्पताल नआउन आग्रह गरेका छन ।

उनले शरीरका दुखाई सम्बन्धि समस्या, पेट सम्बन्धि समस्याहरु लिएर अस्पताल नआउन आग्रह गरेका हुन । समस्याले दुःख दिएमा फोन सम्पर्क गरेर मात्रै अस्पताल आउन सर्वसाधरणलाई आग्रह गरेका छन । ज्वरोसंगै रुघा र खोकी देखिएमा भने तत्काल फोन सम्पर्कमा वा अस्पतालमा आउन देवकोटाको आग्रह छ ।

उनले जस्तोसुकै परिस्थिती आए पनि पर्वतका सवै विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीहरुले काम नछाड्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन ।

उनले सवै नागरिकको स्वास्थ्य उपचार गरी रोग निको बनाउने जिम्मेवारीबाट आफूहरु कदापी पछि नहट्ने समेत बताए ।