पर्वतमा ‘लक डाउन’ : कुश्मा बजार सुनसान, लोकमार्ग ठप्प

११ चैत, पर्वत । सम्भावित कोरोना भाइरसलाई मध्यनजर गर्दै पर्वत जिल्ला भित्रने यात्रु बहाक सवारी साधनहरुमा रोक लगाएसंगै पर्वत सदरमुकाम कुश्मा बजार सहित जिल्लाका मुख्य बजार क्षेत्रहरु सुनसा नबनेका छन ।

सवारी साधन चल्न सकेका छैनन । लोकमार्ग ठप्प छन ।

कुश्मा बजारसंगै पर्वत वेनी, डिमुवा बजार, हुवास बजार, पातिचौर बजार क्षेत्रका पसलहरु बन्द भएका छन ।

बजार क्षेत्रमा केहि सर्वसाधरणहरु सडकमा निस्के पनि अधिकांश आफ्नै घर भित्र बसीरहेका छन ।

जिल्ला प्रशासन कार्यालय पर्वतले अत्यावश्यक बाहेकका काममा निषेधाज्ञा जारी गरेको छ ।

लोकमार्गहरुमा प्रहरी तैथान गरिएका छन ।

नीजि र सार्वजनिक सवै प्रकारका सवारी साधनहरु बन्द भएका छन । अत्यावश्यक सेवा अन्तर्गतका मेडिकल र तरकारी पसलहरु भने खुल्ला देखिन्छन ।

पसलहरुमा ग्राहकको उपस्थिती भने देखिदैन ।