डिमुवा नाकामा चेकजाँचमा कडाई, तिलाहारका वडाअध्यक्षको रोहवरमा २ सय ३ जनाको स्वास्थ्य परिक्षण

११ चैत, पर्वत । मोदी गॉंउपालिकाले डिमुवामा सञ्चालन गरेको स्वास्थ्य सहायता कक्षमा मंगलबार दिउँसो ४ बजेसम्म २ सय ३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

कास्की हुँदै पर्वत जिल्ला भित्रने सम्पूर्ण यात्रुहरुको स्वास्थ्य परिक्षण गरिएको मोदी गाउँपालिकाका मोदी गाउँपालिकाका प्रवक्ता एवम् मोदी ६ तिलाहारका वडाअध्यक्ष विमल लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार कुल २ सय ३ जना महिला र कुल १ सय ६४ जना पुरुष र ३९ जना महिलाको स्वास्थ्य परिक्षण गरिएको हो । जिल्ला भर लक डाउन भए पनि केहि पैदल यात्रु अझै पनि जिल्ला भित्रिएका छन । मालबहाक सवारीलाई पनि प्रतिवन्ध लगाइएको छैन ।

स्वास्थ्य सहायता केन्द्रमा खटिएका लामिछानेले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका लागि आफू फिल्ड खटिएको जानकारी दिए । हेल्थ डेक्स राखिएको स्थान मोदी ६ तिलाहारमा पर्दछ ।

परिक्षण गरिएकहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मोदी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रकाशचन्द्र सुवेदीले जानकारी दिए । पोखरा बागलुङ सडक हुँदै पर्वत जिल्ला भित्रने मालबहाक सवारी साधनका चालक र सहचालक तथा पैदल यात्रुहरुको स्वास्थ्य परिक्षण गरिएको हो । जिल्ला भर लक डाउन भएका कारण यात्रुबहाक सवारी साधन भने जिल्लामा भित्रन सकेका छैनन ।