महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न

३० फागुन, पर्वत । महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न भएको छ । गाउँ सभाले १० वटा विभिन्न कानुन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । गाउँ सभाबाट स्थानीय बन ऐन, बाताबरण तथा प्राकृतिक सोसरसफाइ ऐन, नगर प्रहरी ऐन, महाशिला बिकास स्वयंसेवक कार्यक्रम सन्चालन ऐन, उद्योग ब्यबसाय दर्ता ऐन, पारित गरेको छ ।

यसै गरी गाउँ सभाले सार्वजनिक निजि साझेदारी ऐन, सस्था दर्ता ऐन, शिक्षा ऐन संशोधन, स्वास्थ ऐन संशोधन र पुर्बाधार ऐन संशोधन समेत पारीत गरेको छ । गाउँ सभाले हाल बिश्व ब्यापीरूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरुद्ध जनचेतनामूलक कार्यक्रम संचालन तथा औषधि आपूर्तिको लागि थप रकम समेत विनियोजन गरेको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

यसै गरी गाउँपालिकाले उत्पादन महा अभियान कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको छ । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले उत्पादनमुखी कार्यमा लगानी गर्ने र उत्पादनमा लाग्ने कृषकलाई सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।