कुश्मामा ढकालको पहिलो प्रस्तुती

१३ माघ, पर्वत । कुश्मामा आयोजीत छैटौ पर्वत महोत्सवमा गायक रामकृष्ण ढकालले आफ्नो प्रस्तुती राखे । पहिलो पल्ट पर्वत आएका गायक ढकालले महोत्सवमा एकल सांगेतिक प्रस्तुती राखेका हुन । अग्ला र लामा पुलहरुले घेरिएको पर्वतको कुश्मामा आएका ढकालले महोत्सवको तेस्रो दिनमा आफ्नो प्रस्तुती राखेका थिए ।

‘विहान उठ्ने वित्तिकै’ बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेका गायक ढकालले कार्यक्रममा आफ्नो एक दर्जन जति गीतहरु गाएका थिए । गायक ढकालले महोत्सवमा ‘चरीले त छोडेर गई हाल्यो’ ‘ओराली लागेको’ ‘मन पराउने हजार भेटिन्छन’ ‘पहाडको छुकछुके रेल’ ‘दैव तेरो’ ‘मलाई या जीन्दगीले’ लगाएतका गीतहरु गाएका थिए ।

दर्शक र श्रोताहरुको मायाका कारण जीवनका धेरै अप्ठ्यारा मोडहरुलाई आफूले सहज रुपमा पार गरीरहेको बताउँदै ढकालले ‘छिटको गुन्यू’ बोलको गीतमा दर्शकलाई नचाए । अधिकांश आफ्ना पुराना गीतहरु गाएका ढकालले पर्वतमा दर्शकहरुको माया प्रति भने खुलेर प्रशंसा गरेका थिए । महोत्सवमा ढकाल सहित लोक र पप गीतका कलाकाहरुको समेत प्रस्तुती रहेको थियो ।