पर्वत महोत्सव : ९० प्रतिशत स्टल बुकिङ

६ माघ, पर्वत । पर्वतको कुस्माबजारमा सञ्चालनह हुने छैठौं पर्वत महोत्सबका ९० प्रतिशत स्टल बुकिङ्ग भएका छन । पर्वत उद्योग बाणिज्य संघले माघ ९ देखि १९ गते सम्म आयोजना गर्ने छैठौ पर्वत महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औधोगिक ब्यापार मेला आउन तीन दिन बाँकी रहँदा ९० प्रतिशत पुरा भएको हो ।
महोत्सबका आर्थिक संयोजक तथा बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले ९० प्रतिशत स्टल बुकिङ्ग सकिएको जानकारी दिनुभयो । महोत्सबमा स्टल निर्माणको काम भैरहेको छ । महोत्सबमा २ सय स्टल रहनेछन ।

महोत्सबमा महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निशुल्क उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश भित्रका महिला उद्यमी र कृषकहरुको उत्पादनलाई प्रर्बद्धन गर्नका लागि निशुल्क स्टल उपलब्ध गराइएको महोत्सब मुल आयोजक समितिका संयोजक तथा अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । महिला उद्यमी र कृषकलाई १५, १५ वटाका दरमा स्टल उपलब्ध छन । यसपटक पर्वत उद्योग बाणिज्य संघका सदस्यहरुले स्टल राख्दा समेत २५ प्रतिशत छुट दिइएको छ । महोत्सबमा रहने होटल बाहेकका ब्यबसायिक स्टलमा संघका सदस्यलाई २५ प्रतिशत छुट दिइएको महोत्सबका प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो ।

महोत्सबमा रमाईलो मेला जडान गर्ने काम पनि भैरहेको छ । दुई दिनको झरीले तयारीलाई केही प्रभाब भने पारेको छ । महोत्सबको माघ ९ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम छ ।