‘शैक्षिक विकास नगरको प्राथमिकता’–नगरप्रमुख शर्मा

२६ पुस, पर्वत । पर्वतको फलेवास नगरपालिका वार्ड नं. ९ भंगरामा बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल पर्वत भंगरा पोखरा सम्पर्क समाजको आयोजनामा उक्त कार्यक्रम शुक्रबार ग्रमोदय माबिमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले शिक्षाको विकास बिना कुनै पनि क्षेत्रको विकास नहुने बताउदै नगरपालिकाले शैक्षिक विकासमा बिशेष जोड दिएको बताए ।

बिद्यालयको उत्कृष्ट शैक्षिक नतिजा र गुणस्तरीय शिक्षाका लागि सर्वप्रथम शिक्षक जागरुक हुनुपर्ने बताउदै बिद्यालयमा शिक्षकहरुले धेरै भन्दा धेरै समय दिनुपर्ने बताए । युग सुहाउँदो सबल र सक्षम जनशक्ति उत्पादन गर्नु नै गुणस्तरीय शिक्षा भएको शर्माको भनाई थियो ।एउटा शिक्षकले कयौं बिद्यार्थीहरुको भाग्य र भविष्यको ढुंगा चलाउने भएकाले सोही अनुसार तल्लीन हुनुपर्ने बताए ।

फरक प्रसंगमा बोल्दै शर्माले जनप्रतिनिधि सबैको साझा भएको बताउदै फलेवास नगरपालिकाले सबैको अपनत्व हुने गरि विकास निर्माणमा जोड दिएको बताउनुभयो । नगरमा उचित नियम योजनामा बनाएर निश्चित समयमै कार्य सम्पादनमा जोड दिएको शर्माले बताए । क्लिन फलेवास ग्रीन फलेवास अभियान नगरको बहुआयामिक योजना भएको बताए ।
पर्वत भंगरा पोखरा सम्पर्क समाजले आयोजना गरेको बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम अति राम्रो भएको प्रशंसा गर्दै समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै अन्तरक्रियालाई व्यावहारमा कार्यान्वयन गर्नुपर्ने शर्माले बताए ।

फलेवास नगरपालिका ९ भंगराका वार्ड अध्यक्ष गंगाधर शर्माले आफू वार्ड अध्यक्ष निर्वाचन भएपछि वार्डमा भएका भएका बिद्यालयमा उल्लेखनीय परिवर्तन भएको बताए । वार्डका बिद्यालयहरुमा कुनै पनि राजनैनिक प्रभाव नपरेको र हाम्रो राम्रो नभनी आफ्नो योग्यता र उत्कृष्टताको आधारमा शिक्षक नियुक्ति गरिएको उनले बताए ।

कार्यक्रममा ग्रमोदय माबिका पुर्व प्रअहरु रिशी प्रसाद गुरुङ नरेन्द्र प्रसाद गौतम ,ग्रमोदय माबिका प्रअ कृष्ण प्रसाद सापकोटा , देउराली प्राबि मझकटेरीका प्रअ लक्ष्मी बिक,बेतेहनी प्राबिका प्रअ संजय सुवेदी, सारदा प्राबिका प्रअ हरि प्रसाद शर्मा,भवानी आधारभूत बिद्यालयका प्रअ डिल बहादुर क्षेत्री, लिमि उल्लेरी आधारभूत बिद्यालयका प्रअ मोहदत्त भुसाल पर्वत भंगरा पोखरा सम्पर्क समाजका सह सचिव दिपक सुवेदी, शिव प्रसाद पौडेल, युदिष्ट क्षेत्री अभिभावक तोरण गुरुङ लगाएतले बोलेका थिए ।

उत्कृष्ट सितलादेबि सामुदायिक माबि पोखराका प्रअ बाबुराम अधिकारीले आफ्नो बिद्यालयको अनुकरणीय कुरा र शैक्षिक अनुभव बताए ।
पर्वत भगरा पोखरा सम्पर्क समाजका अध्यक्ष हुतराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका उपाध्यक्ष नबिन क्षेत्री र कार्यक्रमको संचालन समाजका सदस्य बाबुराम सुवेदीले गरेका थिए ।