नेकपा कुश्माका नगर कमिटि सचिब सुवेदीको निधन, नेकपाका नेताहरुद्धारा श्रद्धाञ्जली ब्यक्त

६ कार्तिक, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कुश्मा नगर कमिटिका सचिब ढाकाराम सुवेदीको निधन भएको छ ।

झण्डै एक वर्षदेखि ब्रेन क्यान्सर रोगवाट पिडित पर्वतको कुश्मा नगरपालिका वडा नं। ११ निवासी सुवेदीको हिजो साँझ भरतपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । ४० वर्षिया सुवेदी तत्कालीन एमाले हुँदै नेकपामा सक्रिय राजनीतिमा रहेका थिए । उनका श्रीमती र दुई छोरा रहेका छन् ।

उनको आजै पर्वतको मोदीवेणी धाममा दाहसंस्कार गरिएको छ । सुवेदीको अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा पर्वतका नेताहरु मोदीवेणी घाट पुगेका थिए । अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै नेकपाका केन्द्रिय सदस्य गुप्त हमाल, नेकपा पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरी लगाएतले सुवेदीको पार्थिव शरिरमा माल्यार्पण गरेका थिए ।