लोकदोहोरी प्रतिष्ठान पर्वतको अध्यक्षमा गदाल

२८ साउन, पर्वत । राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्य समिति पर्वतको नवौँ साधारण सभा तथा ५ औँ अधिबेसन सम्पन्न भएको छ ।
अधिबेसनबाट अध्यक्ष दीपक गदालको अध्यक्षतामा सर्वसम्मत रुपमा २५ सदस्यीय कार्यसमिति निर्माण भएको छ । गदाल यस अगाडिको समितिमा पनि अध्यक्ष नै भएर काम गरेका थिए । प्रतिष्ठानको नियम अनुसार कार्यसमितिमा निवर्तमान अध्यक्षलाई पदाधिकारीको रुपमा राख्ने नियम अनुसार त्यस पूर्वका अध्यक्ष आर.सी. पौडेललाई पदाधिकारीमा राखिएको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा पूजा पौडेल कार्की, द्धितिय उपाध्यक्षमा राजकुमार विश्वकर्मा, महिला उपाध्यक्षमा मञ्जु बि.क., सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा ज्ञानु कुमारी शर्मा, सह सचिवमा सूदीप क्षेत्री, सह कोषाध्यक्षमा कमलादेवी शर्मा र प्रवक्ता सदस्यमा धनराज सुवेदी शर्मा चयन भएका छन ।

समितिका सदस्यहरुमा राज विश्वकर्मा, भिमराज परियार, सुमन के.सी, प्रकाश पौडेल, सिता पौडेल, विकासराज पौडेल, सरोज खनाल, नवीन घिमिरे, प्रकाश रेग्मी, निर्मल पौडेल, कमला लामिछाने, ध्रुव शर्मा, गंगाराम परियार र जयराम परियारलाई चयन गरिएको लागि राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय समितिका प्रथम उपाध्यक्ष तथा महाधिबेसन निर्वाचन समितिका संयोजक पशुपति शर्माले बताए ।