२६ साउन, पर्वत । मौलिक परम्परालाई विग्रने गरी चाडपर्वको नाउँमा गरिने भड्किलो पन रोक्न खोजे पछि पर्वतकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको पक्षमा सामाजिक सञ्जाल उत्रेको छ । बढिजसो विदेशमा श्रीमान रहने तर स्वदेशमा महिलाहरुले फजुल खर्च गर्दै होटल र पार्टी प्यालेसहरुमा गर्ने कार्यक्रमलाई लक्षित गर्दै यस्तो कार्य रोक्न खोजे पछि प्रशासन कार्यालयको चौतर्फी प्रशंसा शुरु भएको हो । तीज पर्वको नाउँमा एक महिना अघि देखि सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, मौलिक परम्परालाई विग्रने र बाधा नै पुग्ने गरी ध्वनी प्रदुषण गर्दे पर्वको महत्व नै ओझेलमा पार्ने गतिविधिहरुलाई लक्षित गर्दै प्रशासन कार्यालयले यस्तो कार्य नगर्न निर्देशन दिएको छ ।
प्रशासन कार्यालयले एक सुचना जारी गर्दै मौलिक परम्परालाई जोगाउने गरी पर्व मनाउन गरेको अनुरोधको सामाजिक सञ्जालमा अधिकांशले खुलेरै प्रशंसा गरेका छन । केहि महिला संगठनका सदस्यहरुले भड्किलो हुनेगरी तीज पर्व मनाउन पाउने माग राखे पनि फजुल खर्चले सामाजिक विकृति ल्याउने भन्दै यस्तो कार्यको प्रशंसा शुरु भएको हो । पछिल्लो समयमा तीज पर्वको नाउँमा बढ्दै गएको विकृति रोक्न प्रशासन कार्यालयहरुले देशका विभिन्न जिल्लाहरुमा यस्तो सुचना जारी गर्दै मौलिक रुपमा पर्व मनाउन र विकृति नभित्राउन आब्हान गरेको छ ।
यसै वीच पर्वतका महिला संंगठनहरुले भड्किलो र विंसंगतिको विरुद्धमा प्रशासनले जारी गरेको सुचना प्रति ध्यानाकर्षण गराएका छन । सञ्चारिका समूह, इनरह्वील क्लव अफ पर्वत, लायन्स क्लब अफ कुश्मा सिटी, महिला मावन अधिकार रक्षक सञ्जाल पर्वत, सिसेफ महिला समुह, महिला उद्यमी समिति, व्यूटिसियन संघ पर्र्वत, सुनचाँदी व्यवसायि महिला समूह र होटल व्यावसायी संघले यस्तो कार्यको विरोध गर्दै ज्ञापन पत्र बुझाएका छन । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी नेपालले मौलिक रुपमा मनाउने पर्वलाई मौलिक रुपमा नै सिमिति गर्नुपर्ने तर कानून विपरितका गतिविधिहरु भएमा त्यसको नियन्त्रण गर्न सरकारलाई कसैले पनि बाधा अवरोध नगर्ने बताएकी थिइन ।