कम्युनिष्ट मन्त्रीहरुको रवैया : एक बर्ष अघि सञ्चालीत कार्यालयको बर्ष दिन पछि उद्घाटन

१९  असार, पर्वत  । देश अहिले कम्युनिष्टमय भएको छ । दशकौ देखि कम्यनिष्ट पार्टीले भन्ने गरेको राज्य सत्ता अहिले कम्युनिष्टको हातमा छ । स्थानीय सरकारमा बहुमत कम्युनिष्ट पार्टीको छ । प्रदेश सरकारमा ७ मध्ये ६ वटा सरकार कम्युनिष्टकै नियन्त्रणमा छन । केन्द्रिय सत्तामा दुई तिहाई कम्यूनिष्ट छन, तर यो साख कम्युनिष्टले जोगाउने हुन या अर्को निर्वाचनमा कम्युनिष्ट सत्ता ध्वस्त हुने हो भन्ने आम चासो र जिज्ञासा भने चलिरहेको छ । बुधवार पर्वतको सदरमुकाम कुश्मा बजारमा एउटा कार्यक्रमको आयोजना भयो । त्यो कार्यक्रमको प्रमुख अतिथि थिइन् वर्तमान संघिय सरकारकी भूमि सुधार मन्त्री पद्मा अर्याल । मन्त्रालयकै ताकेमा आयोजना गरिएको कार्यक्रम थियो, नापी कार्यालयको उद्घाटन ।

जिल्ला नापी कार्यालयको भवन डेढ बर्ष अघि सम्पन्न भएको हो । जिल्ला नापी कार्यालय यस अघि भाडाको घरमा बस्दै आएको थियो । गत बर्ष मात्रै नव निर्मित कार्यालयमा सरेको नापी कार्यालयको भवन उद्घाटन गर्न निकै आतुर गर्दै पर्वत आइन कम्युनिष्ट पार्टीकी भूमि सुधार मन्त्री पद्मा अर्याल । अर्यालकै निर्देशनमा उक्त कार्यक्रम तय भएको नापी कार्यालय श्रोत बताउँछ ।

कम्युनिष्ट पार्टीका नेताले अहिले जे गरे पनि हुन्छ । कार्यालय स्थानान्तरण भएको एक बर्ष पछि भवनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसको प्रतिनिधित्व थिएन । अरु पार्टीको गणना हुदैन । भवनको भित्तामा आफ्नो नाम लेखाउन कै लागि मन्त्री अर्यालले पर्वतमा एक बर्ष अघि कार्यालय सरेको भवन उद्घाटन गरेकी हुन । सरकार परिर्वतनको हल्ला चलिरहेको बेला एक बर्ष अघि देखि कार्यालय सञ्चालनमा रहेको भवन उद्घाटन गर्ने बिषयमा न जिल्लाका अन्य राजनैतिक दलहरु खुलेर बोल्न सकेका छन न् सत्ता पक्ष नै ।

देशमा कम्युनिष्ट पार्टीका नेताहरुले जे गरे पनि सह्य हुन्छ भन्ने यो पछिल्लो उदाहरण हो । नापी कार्यालयको भवन कुश्मा नगरपालिका वडा न ५ वडागाउँमा निर्माण भएको छ । उक्त भवन निर्माण सम्पन्न भएको झण्डै १८ महिना वितेको छ । उक्त भवनमा नापी कार्यालय सरेको १ बर्ष वितेको छ । विगत एक बर्ष देखि नयाँ भवनबाट नापी कार्यालय सञ्चालनमा छ । तर एक बर्ष पछि कार्यालयको भवन उद्घाटन कार्यक्रम आयोजना गर्नुले मन्त्रीको पदीय रवैया हावि भएको मान्न सकिन्छ । पछिल्लो समय कम्युनिष्टका नेताहरु आफू पदमा भएको बेला आफ्नो पहल र आफ्नो कार्यकालमा निर्माण नभएका संरचनाहरुमा समेत आफ्नो नाम स्थापीत गराउन लागि परेका छन ।

पर्वतमा एक बर्ष अघि देखि सञ्चालनमा रहेको नापी कार्यालयको उद्घाटन गरेकी अर्यालले गुठी विधेयकमा मठ मन्दिर, तथा धार्मिक क्षेत्रमा हुने घोटाला नियन्त्रण गर्ने बताइन । उनले मठ मन्दिरमा पर्ने दान,पैसो र गरगहना केही व्यक्तिले नै लिने गरेको र त्यसलाई व्यक्तिले लिन नपाउने कोषमा दर्ता गर्नुपर्ने प्रावधान राखिएकाले केही अमूक व्यक्तिहरुले गलत सन्देश फैलाउने काम गरेको बताइन । उनले देश भरका गुठीहरुलाई छाता बनाएर राख्ने र व्यवस्थित गर्ने तयारी थालेकाले बुझेर मात्र बिरोध गर्न आग्रह गरिन ।