डिमुवामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन झण्डै २ हजारको उपचार

१४ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिका ६ डिमुवामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन नै झण्डै २ हजार विरामीले उपचार गरेका छन । मोदी गाउँपालिका र रेडियो दिदिवहिनीले विभिन्न संस्थाहरुसंगको सहयोगमा आयोजना गरेको शिविरमा २ हजारको संख्यामा रहेका विरामीहरुले स्वास्थ्य उपचारको सेवा लिएको आयोजकले जनाएको छ ।

रेडियोकी अध्यक्ष कल्पना चापागाईका अनुसार विभिन्न रोगका झण्डै २ हजार विरामीहरुले शिविरमा स्वास्थ्य सेवा लिएका हुन । स्वास्थ्य शिविरमा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई, प्रसुति रोग विशेषज्ञ जायश्वर गौतम सहितको विशेषज्ञ टोलीले सेवा प्रदान गरीरहेको छन ।

जेठ १४ गते १५ गते गरी दुई दिनसम्मका लागि आयोजना गरिएको शिविर बुधवार पनि सञ्चालन हुनेछ । शिविरमा मुटु रोग, स्त्री रोग, हाड, जोर्नी तथा नशा रोग, आँखा परिक्षण तथा निःशुल्क रगत समूह परिक्षणको सुविधा उपलब्ध गराइएको छ । सेवा लिनका लागि मोदी गाउँपालिकाका ८ वटै वडा र छिमेकी पालिकाका विरामी समेत उपस्थित भएका थिए ।

शिविरमा १२ जना आँखाका विरामीको अप्रेसन गर्नुपर्ने भेटिएको छ । दोस्रो दिन समेतका विरामीहरु मिलाएर उनीहरुको अप्रेसनको गरिने गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए । शिविरमा विरामीहरुको उत्साहजनक उपस्थिती रहेको गाउँपालिका अध्यक्ष प्रेम पौडेल बताउँछन । उनले गाउँपालिका भित्र नै विशेषज्ञ सेवा प्रदान गर्ने गरी आफुहरुले उक्त शिविरको आयोजना गरेको बताए ।

यस अघि भएको शिविरको उदघाटन शत्रमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले विकट क्षेत्रमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टरलाई राज्यले सम्मान गर्नुपर्ने धारणा राखे । उनले स्वास्थ्य नै मानिसको सवैभन्दा ठूलो धन रहेको भन्दै स्वास्थ्य प्रति सवै जना सजग हुनेपर्ने विचार राखे । उद्घाटन कार्यक्रमको सञ्चालन मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ अध्यक्षता पालिका अध्यक्ष प्रेम पौडेल र स्वागत रेडिया दिदिवहिनी अध्यक्ष कल्पना चापागाईले गरेकी थिइन ।