श्रीमानको कुटपिटबाट श्रीमती गम्भीर घाईते

६ वैशाख, पर्वत । सुत्केरी भएकै दिन श्रीमानको कुटपिटबाट श्रीमती अस्पताल भर्ना भएको घटना सेलाउन नपाउँदै पर्वतको महाशिला गाउँपालिकामा एक महिला श्रीमानकै कुटाई गम्भीर घाइते भएकी छन ।

मदिरा सेवन गरेर मंगलबार बेलुका कुटपिटबाट महाशिला गाउँपालिका–४ लामतुङ बस्ने वर्ष ५५ बर्षिया यमकुमारी सुनार गम्भीर घाइते भएकी हुन ।

श्रीमान दिलबहादुर सुनारले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा यमकुमारीको हात लगायतका स्थानमा गम्भीर चोट लागेको छ । घाइतेको पोखरामा उपचार भैरहेको छ भने फरार रहेका श्रीमानको खोजी भैरहेको प्रहरीले जनाएको छ ।