‘शिक्षकले जिम्बेवारी पुरा गरे परिर्वतन सम्भव’–सांसद गिरी

३० चैत, पर्वत । ४० औ शिक्षक दिवसको अवसरमा पर्वतको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका अग्रज शिक्षकहरु सम्मानित भएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतले दिवसको अवसर पारेर पर्वतको शिक्षा क्षेत्र र संगठनकलाई अघि बढाएका पुर्ब अध्यक्षहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधीसभाका सदस्य पदम गिरीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा शिक्षकहरुको भूमिकाको चर्चा गर्दै शैक्षिक क्षेत्रमा सुधार गर्न शिक्षकहरु लाग्नुपर्ने बताए । उनले अगुवा शिक्षकहरुले राजनैतिक नेतृत्व गरिरहँदा समेत आफ्ना बिद्यालयहरु शैक्षिक क्षेत्रमा अब्बल बिद्यालयको रुपमा स्थापित गराउन सफल भएको बताउँदै अब पनि नेतृत्वमा पुगेका शिक्षकहरुले बिद्यालयलाई नमुना बनाएर देखाउन आग्रह गरे ।

‘शिक्षकले चाहने हो भने बिद्यालयलाई नमुना बनाउन सक्छ’ उनले भने ‘त्यसका लागि इच्छाशक्ति सहित लाग्न आवश्यक छ ।’ समाज र राष्ट्रले बौद्धिक जगतको रुपमा हेरेको शिक्षक आफैमा परिर्वतनका बहाक रहेको उल्लेख गर्दै देशका सवै राजनैतिक परिर्वतनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको गिरीले उल्लेख गरे ।

शिक्षक कर्मठ नहुँदा देशको शिक्षा क्षेत्रमा वेथिति बढ्दै गएको प्रति दुःख ब्यक्त गर्दै सांसद गिरीले लगनशिलता र जवाफदेहितामा अभिबृद्धि हुनुपर्ने धारणा ब्यक्त गरे ।

शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका संस्थापक अध्यक्ष डण्डराज तिमिल्सिना, पुर्ब अध्यक्षहरु पुर्ब साँसद कृष्णप्रसाद भट्टराई, गणेश शर्मा पौडेल, बाबुराम सुबेदी, महानबहादुर गुरुङ्ग, चेतनाथ कुवँर, प्रेमकुमार लामिछाने, देबीप्रसाद बस्याल र कृष्णप्रसाद पराजुलीलाई सम्मान गरेको हो । अग्रज शिक्षकहरुलाई प्रतिनिधीसभाका सदस्य पदम गिरीले सम्मान पत्र सहित सम्मानित गरेका थिए ।

कार्यक्रममा पुर्ब साँसद कृष्णप्रसाद भट्टराई, नेपाल शिक्षक महासंघकी केन्द्रिय सदस्य हिरादेबी शर्मा, कुस्मा नगरपालिकाका नगर शिक्षा प्रमुख बिष्णुप्रसाद तिवारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्ब केन्द्रिय सदस्य प्रेमकुमार लामिछाने, संगठन पर्वतका संस्थापक अध्यक्ष डण्डराज शर्मा, शिक्षा बिकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्दिमराज पौडेल, कुस्मा नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख तथा वडा नं ११ का अध्यक्ष शिब पौडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत संगठनका उपाध्यक्ष एकनाथ शर्मा र सञ्चालन सचिब सुरेन्द्र गौतमले गरेका थिए ।