कुश्मामा फाल्गुन ७ बाट शुरु हुने मगर महोत्सबको उद्घाटन मुख्यमन्त्री गुरुङ्गले गर्ने

३ फागुन, पर्वत । बिगत बर्षहरुमा भन्दा नितान्तै फरक रुपमा सञ्चालन गर्न लागिएको मगर महोत्सवको उद्घाटन यसपाली गण्डकी प्रदेशका मुख्यमन्त्री माननिय पृथ्वीसुब्वा गुरुङ्गले गर्ने भएका छन् ।

पर्वत जिल्लाको कुश्मा स्थीत बडागाउँ चौरको खेल मैदानमा आयोजना गरीएको मगर महोत्सव यहि फाल्गुन ७ गते देखि शुरु भइ १५ गतेसम्म चल्ने आयोजक पुन क्लब पर्वत अध्यक्ष कृष्ण पुनले बताएका छन् ।

बिगत बर्षहरुमा दुर्लुङ्ग चोक स्थीत आफ्नै खेल मैदानमा आयोजना गरीने मगर महोत्सव यसपाली बृहत रुपमा बडागाउँ चौरको खेल मैदानमा आयोजना गर्न लागिएको हो ।

राष्ट्रिय रुपमा ख्याती कमाएका कलाकारहरुको साथमा रमाइलो मेला, बाल उद्यान, पालीका स्तरीय भलिवल प्रतियोगिता, लोक दोहोरी गित प्रतियोगिता लगायत बिबिध कार्यक्रमहरु आयोजना हुनेछन् । भने महोत्सवमा १ सय ५० भन्दा बढी ब्यावसायीक स्टलहरु रहने छन् ।