गुरुकूल बोडिङको अध्यक्षमा गिरी

२९ पौष, पर्वत । जिल्लाको कुश्मा बजारमा सञ्चालनमा रहेको गुरुकूल एकडेमी बोडिङ स्कूलको अध्यक्षमा दिपुबाबु गिरी चयन भएका छन । विद्यालयको तेस्रो अधिवेशन तथा ११ औं साधारण सभाबाट अध्यक्ष पदमा गिरी चयन भएका हुन । कुल २१ जना शेयर सदस्य रहेको उक्त नीजि विद्यालयको नयाँ ४ बर्षे कार्यकालका लागि गिरी चयन भएका हुन ।

विद्यालयको तेस्रो अधिवेशनमा सस्थापक अध्यक्ष टुकनाथ पौडेल, पूर्व अध्यक्ष मिनप्रसाद श्रेष्ठ र निर्वतमान अध्यक्ष ओमकुमार श्रेष्ठले नव नियुक्त अध्यक्षलाई बधाई ज्ञापन गरेका थिए । कक्षा १० सम्म अध्यापन हुँदै आएको उक्त विद्यालयको ११ औं बार्षिक साधारण सभा समेत सम्पन्न भएको छ ।

साधारण सभाले विद्यालयको शैक्षिण गुणस्तरलाई अझै सुधार गर्दै प्रदेशकै उत्कृष्ट विद्यालय बनाउने गरी योजना निर्माण गरिएको विद्यायलयका सञ्चालक तथा सहायक प्रिन्सिपल उज्वल अधिकारीले जानकारी दिए । आफ्नै सुविधासम्पन्न भवनमा कक्षा सञ्चालन गर्दै आइरहेको विद्यालय २०६४ सालमा स्थापना भएको हो । साधारण सभा तथा अधिवेशनको सञ्चालन विद्यालयका प्रिन्सिपल राजकुमार शर्माले गरेका थिए ।