‘सरकारले शुरुवात गरेका दिर्घकालीन महत्वका कामको प्रचार गरिएन’–सांसद गिरी

२४ असोज, पर्वत । सरकारले शुरुवात गरेका दिर्घकालीन महत्वका कामहरुको प्रचार नगरिएको भन्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले चिन्ता ब्यक्त गरेका छन । बुधवार पर्वत सदरमुकाम कुश्मा बजारमा कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गिरीले सरकारले दुरगार्मी ठूला आयोजनाहरुको शुरुवात गरीरहेको बेला त्यसको सकारात्मक प्रचार नभएको भन्दै चिन्ता ब्यक्त गरेका हुन ।

दुई तिहाइ बहुमत प्राप्त सरकारलाई कमजोर बनाउन सकारात्मक भन्दा नकारात्मक प्रचारबाजी भएको गिरीको भनाई छ । पार्टी भित्र र बाहिरबाट पनि सरकारलाई कमजोर बनाउने र असफल भएको हल्ला फिजाउनका लागि प्रयासहरु भईरहेको भन्दै संघिय सरकारका सकारात्मक कामहरुको यथेष्ट प्रचार हुनुपर्ने उनको धारणा छ । दशै, तिहार लगाएतका पर्वहरुको अवसरमा शिक्षक संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले पार्टी भित्रबाट पनि सरकारलाई कमजोर बनाउने प्रयासलाई जुधेर काम गर्नु वर्तमान सरकारको बाध्यता रहेकोले अझै धेरै काम गर्न सरकारलाई समस्या परेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदसय पूर्णचन्द्र काप्ले, पूर्व अनुशासन कमिटिका सचिव हरीप्रसाद सापकोटा, शिक्षक यूनिएनकी पूर्व केन्द्रिय सदस्य हिरादेवी शर्माले शुुभकामना मन्तब्य ब्यक्त गर्दै शिक्षक हक अधिकारका विषयमा बोलेका थिए ।

यसैगरी कार्यक्रममा शिक्षक संघ पर्वतका उपाध्यक्ष गोविन्द पोखरेल, अखिल नेपाल शिक्षक संगठनका सचिव सुरेन्द्र गौतम, पुर्ननिर्माण प्राधिकरण शिक्षा तर्फका संयोजक, खिमबहादुर भुजेल, लगाएतले शुभकामना मन्तब्य गरेका थिए । एकिकृत अखिल नेपाल शिक्षक संगठनका भागिरध अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता अखिल नेपाल शिक्षक संगठनका अध्यक्षता चिरञ्जीवि अधिकारी र स्वागत आनन्दराज पौडेलले गरेका थिए ।