मोदी गाउँपालिकाका सवै ग्रामीण सडकको मर्मत शुरु

२३ असोज, पर्वत । जिल्लाको मोदी गाउँपालिका भित्रका सवै ग्रामीण सडकको मर्मत कार्य शुरु भएको छ । बर्षातको समयमा भत्किएका ग्रामीण सडकहरुको मर्मत कार्य गाउँपालिकाका अगाडी बढाएको हो ।

नेपालीहरुको महान पर्वहरु नजिकएको बेला ग्रामीण सडक अवरुद्ध हुँदा यात्रा कष्टकर हुने भएकाले सडक मर्मत कार्य अगाडि बढाइएको गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले जानकारी दिए । लामिछानका अनुसार झण्डै १० लाख रकम मर्मत कार्यका लागि विनियोजन गरिएको छ । गाउँपालिकाका ८ वटा वडाहरुहरुमा मुख्य राजमार्ग देखिको सडक मर्मत कार्य शुरु गरिएको हो ।

गाउँपालिकाका झण्डै १० वटा मुख्य र सहायक सडकहरुको मर्मत कार्य अगाडि बढिरहेको प्रवक्ता लामिछानेले जानकारी । गाउँपालिकाका मुख्य गरी भुकदेउराली, देउराली, देउपुर, बाजुङ, क्याङ, तिलाहार, चित्रे र राम्जा क्षेत्रका सडकहरुमा मर्मत कार्य अगाडि बढेको छ । सडक मर्मत गर्दा दशै र तिहारका लागि घर आउने र घरबाट अयन्त्र जानेहरुका लागि यात्रा सहज होस भनेर बर्षातको समाप्तिसंगै तत्कालै मर्मत कार्य अगाडि बढेको लामिछानेको भनाई छ ।

बर्षातका कारण सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रको यात्रा कष्टकर हुँदै आएको छ । गाउँपालिकाको देउपुर र तिलाहार क्षेत्रमा जोड्ने सडक कालोपत्रेको लागि निर्माणधिन अवस्थामा रहेपनि सडकको अवस्थामा भने नाजुक छ । बर्षातमा बन्द भएका सडक समेत खुलाउने गरी गाउँपालिकाले सडक मर्मत कार्य अगाडि बढाएको हो । बर्षातका कारण अधिकांश सडकहरु जिर्ण अवस्थामा छन । अर्थ वीट साप्ताहिकबाट