गुप्तेश्वरमा स्ववियूको कविता वाचन प्रतियोगीता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२२ असोज, पर्वत । स्वतन्त्र बिद्यार्थी युनियन गुप्तेश्वर बहुमुखी क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान तथा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रगतिशील लेखक संघ पर्बत का अध्यक्ष अर्जुन पौडेल निर्जनले साहित्यले विद्यार्थीलाई थप सृजनशिल बनाउने कुरा बताएका थिए ।

कार्यक्रममा गायक सुदिप छेत्री र सुजन सुनारको सांगेतिक प्रस्तुती समेत रहेको थियो । कविता प्रतियोगितामा मनु सुवेदी प्रथम, अस्मिता पौडेल द्धितिय, मिलन अधिकारी तेस्रो तथा सृजना पौडेल र बिनोद परियारले सान्त्तवना स्थान प्राप्त गरेका थिए ।

स्वतन्त्र बिद्यार्थी युनियनका कार्यवहाक सभापती इश्वर भुसालको अध्यक्षयता सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख सुबास पन्त, क्याम्पस ब्यबस्थापन समिती अध्यक्ष सुन्दरप्रसाद जोशी, अनेरास्वबियु क्याम्पस कमिटी उपाध्यक्ष मिलन अधिकारी, नेबिसंघका शिशिर पौडेल मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सन्तोष पाठकले ब्यक्त गरेका थिए ।