‘सरकारले महेनतका साथ काम गरिरहेको छ’ – सांसद गिरी

२१ असोज, पर्वत । कुश्मा नगरपालिका ३ दुर्लुङमा चनौटमा गठित आमा मिलन संघको २५ औँ बार्षिक साधारण सभा तथा रजत महोत्सव घोषणा गरिएकोे छ । वि.स  २०४९ सालमा स्थापना भएको आमा मिलन संघले रजत महोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

कार्यक्रमको उद्घाटन गदै प्रतिनिधी सभाका सदस्य पदम गिरीले सरकारले जनतालाई सहज रुपमा सेवा प्रवाहका लागि निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले मुलुक राजनीतिक स्थिरतासँगै अघि बढेको बताउँदै अब सरकार बिस्तारै आर्थिक विकास र सुशासनको पक्षमा काम गरिहरको दावी गर्नुभयो । साँसद गिरीले नेपाली जनताको जीवन उकृष्ट बनाउन अहिलेको सरकारको प्रमुख जिम्मेवारी रहेको भन्दै अब बिगतमा जस्तै जसले जे गरेपछि हुन्छ भन्ने संस्कारको अन्त्य हुने बताउनु भयो । गिरीले मुलुकलाई समृद्ध बनाउन सरकारले मेहनतका साथ काम गरिरहेको दावी गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले दुर्लुङलाई धार्मिक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने बताउनु भएको छ । दुर्लुङमा विकासको सम्भावना धेरै भएपनि विविध कारणले पछि परेको बताउँदै अव दुर्लुङको विकास कसैले रोक्न नसक्र्ने बताउनु भयो । कार्यक्रममा कुश्मा नगरपालिका उपप्रमुख सिताकाफ्ले लामिछानेले  महिलाहरुको शसक्तिकरणमा जोड दिनुभयो । महिलाहरु आर्थिक अवस्थाले सक्षम नभएसम्म मुलुक परिर्वतन नहुने बताउँदै राज्यले महिलाहरुलाई सक्षम बनाउन जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले प्रदेश र केन्द्रिय सरकारका कारण स्थानीय तहमा काम गर्र्न अप्ठ्यारो भएको बताउँदै संघ सरकार स्थानीय तहप्रति अनुदार बन्दै गएको आरोप लगाउनु भयो । उहाँले कुश्मा नगरपालिकाले महिलाहरुको हकहितका लागि काम गरेको महिलाहरुको उत्थानका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्वत–वागलुङका प्रमुख वासुदेव रेग्मी,कुश्मा नगरपालिका–३ दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्य, नेकपाका नेता खड्कावहादुर गुरुङ, नेपाली काँग्रेसका वडा सभापति बालकृष्ण शर्मा, क्याप्टेन उद्धिम गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

आमा संघको बार्षिक प्रगतीप्रतिवेदन सचिव कल्पना थापाले प्रस्तुत गर्नुभएको थियो । आमा मिलन संघकी अध्यक्ष सुनकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य ख्याम गुरुङ र कार्यक्रमको होमवहादुर थापाले संचालन गर्नुभएको थियो ।