पाँच वर्षभित्र सरकारले गरेका सवै घोषणा, पुरा हुन्छन : गिरी

८ असोज, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. बाह्र ठुलीपोखरी स्थित लाम्पाटामा रहेको त्रिभूवन आधारभुत विद्यालयको त्रिपन्नौ बार्षिकोत्सव समारोह तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
भवन उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले अबको युगमा विद्यार्थीहरुलाई गुणस्तरीय र व्यवाहारिक शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले जवसम्म विद्यार्थीले समयअनुकुलको शिक्षा पाउँदैनन् तब सम्म विद्यालय बेरोजगार उत्पादन गर्ने ठाउँ बन्ने बताउनुभयो । सांसद गिरीले केपी ओली नेतृत्वको सरकारले गरेका कामको आलोचना गर्ने बेला नभएको बताउनुभयो । उहाँले विकासको काम आजको भोली देखिने जादुको छडि जस्तो नभएको बताउँदै अहिलेनै विपक्षीले सरकारको आलोचना गर्नु हास्यास्पद हुने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमै बृद्ध भत्ता पाँच हजार पु¥याउने लक्ष्यका साथ अघि बढेको बताउँदै विपक्षिले बिरोधका लागि बिरोध गर्दैमा कुनै फरक नपर्ने बताउनुभयो । गिरीले आफु पर्वतको विकास र समृद्धिका लागि निकैचिन्तित रहेको बताउँदै प्रत्येक बैठकमा पर्वतका समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउने गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता गोविन्द पहाडि, ढाकाराम गौतम, नेपाली काँग्रेसका जिल्ला सदस्य हेमराज सापकोटा, नगर शिक्षा अधिकृत राजेन्द्र क्षेत्री, श्रोत व्यक्ति रामप्रसाद लामिछाने कुश्मा नगरपालिका वडा नं. बाह्र का वडा अध्यक्ष राजेन्द्र पौडेल, वडा नं. एघाका अध्यक्ष शिवप्रसाद पौडेल, वडा नं. ७ का अध्यक्ष सुवासचन्द्र पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य सिताकुमारी शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष हेमशर्मा आचार्य लगायतले बोल्नुभएको थियो ।


सो अवसरमा विद्यालयका प्रअ बिनोद सुवेदीले विद्यालयको आर्थिक, शैैक्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविकुमारी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक कृष्णप्रसाद आचार्य र संचालन अशोक केसी तथा दामोदर पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र ०७५ मा विद्यालयको बार्षिक परिक्षा तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यालयलाई सहयोग गर्ने सहयोगदाता र अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।
बार्षिकोत्सवकै अवसर पारेर विद्यालयमा नवनिर्मित विद्यालयको उद्घाटन गरिएको छ । जिल्ला शिक्षा विकास समन्वय ईकाईको विद्यालयको भौतिक पूर्वाधार सुधार परियोजना अन्तर्गत प्राप्त भएको रु सोह्र लाखको लागतमा निर्माण भएको दुई कोठे भवनको उद्घाटन गरिएको हो । सांसद गिरीले भवनको उद्घाटन गर्दै विद्यालयमा अपुग र जीर्ण रहेका अन्य भवनहरु पनि केहि महिनामै निर्माण शुरु गर्नका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कक्षा ८ सम्म संचालित उक्त विद्यालय गुणस्तरको हिसावले नगरपालिकामै नमुना रहेको छ । तर विद्यालयको निमावि तहमा शिक्षकहरुको दरबन्दी अभाव हुँदा समस्या सिर्जना भएको प्रअ बिनो सुवेदीले गुनासो गर्नुभयो । उहाँले तत्काल दुई जना शिक्षको दरबन्दी मिलाईदिएमा विद्यालय आर्थिक समस्यामा पनि नपर्ने र शैक्षिक हिसावले पनि अझै अब्बल बन्ने भन्दै त्यसको व्यवस्था गरिदिन सांसद गिरीलाई माग गरेका थिए ।
कार्यक्रममा विद्यालयको समस्या र विभिन्न मागहरु समेटिएको ज्ञापन पत्र समेत प्रअ सुवेदीले सांसद गिरीलाई हस्तान्तरण गरेका थिए । विद्यालयमा एक सय बीस भन्दा बढि विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।