सिंचाई अभाव टार्न कुश्मा नगरपालिकाको सहयोगमा कुश्माको पाङमा सिंचाई पोखरी निर्माण

२८ भदौ, पर्वत । सिँचाईको अभाव टार्न पर्वतको कुश्मा नगरपालिका १ पाङमा पोखरी निर्माण गरिएको छ ।खेतीयोग्य जमिन प्रसस्त रहेपनि सिँचाईको अभावमा वाँझो रहेको पाङको नुवार, सुबेदीथरको जमिन वाह्रैमहिनासिँचाई हुने गरि पोखरी निर्माण भएको हो ।

कुश्मा नगरपालिकाको ६ लाख रुपैयाँ र स्थानीयवासीको श्रमदान १ लाख ३० हजार गरि कुल ७ लाख ३० हजाररुपैयाँ पोखरी निर्माण गरिएको हो । पोखरीमा जम्मा भएको पानीले १ सय ४० घरधुरीका कृषक प्रत्यक्षलाभान्वित हुने जनाइएको छ । १९ मिटर लम्वाई, १४ मिटर चौडाई र ६ फिट गहिराई रहेको पोखरीमा जम्माभएको पानीले १४ हेक्टर खेत सिँचाई हुनेछ । पोखरीमा जम्मा हुने पानी ल्याउन  र सिँचाई गर्न कुलो पनिनिर्माण गरिएको छ ।

६ लाख ५० हजार रुपैयाँ कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा सिँचाई कुलो बनाइएको हो । आज कुश्मानगरपालिकाका प्रमुख रामचन्द्र जोशीले निर्माण सम्पन्न भएको पोखरी र कुलोको अनुगमन सहित उद्घाटनगर्नुभयो । कार्यक्रममा बोल्दै जोशीले पाङको उर्वर भूमीबाट दोव्वर÷तेव्वर कृषि फसल उत्पादन गरेरआत्मानिर्भर बन्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

मधेशमा राम्रो दाङ र पहाडमा राम्रो पाङ भन्ने उखानलाई चरितार्थ गर्दै पाङलाई कृषि उत्पादनको मुख्य क्षेत्रबनाउन कृषकहरुलाई उहाँले सुझाव दिनुभयो । नगरप्रमुख जोशीले कृषकहरुलाई सिँचाईको सुविधा र सडककोव्यवस्था पुगेकाले विदेश जाने र भौतारिने भन्दा गाउँमै रहेको खेतीयोग्य जमिनमा तरकारी, खाद्यन्न र फलफुलउत्पादनमा लाग्न यूवाहरुलाई सचेत गराउनुभयो । नगरउप्रमुख सिता काफ्ले लामिछानेले नगरवासीहरुकोसमृद्धिका लागि पूर्वाधार विकास, सामाजिक विकास, शैक्षिक, स्वास्थ्य, सिचाई, उद्यमको विकासका लागि सक्दोसहयोग गर्ने बताउनुभयो । उहाँले कम आय भएका नागरिकहरुको उन्नती कृषिवाटै संभव रहेकाले कृषिलाईआधुनिकिकरण गरि आम्दानी गर्न भन्नुभयो ।

कार्यक्रममा वोल्दै वडाध्यक्ष देवेन्द्र सुबेदीले कृषिनै पाङमा उन्नतीको आधार रहेको बताउँदै पोखरी र कुलोनिर्माणवाट यहाँका कृषक निकै खुशी भएको जानकारी दिनुभयो । निर्माण समितिका अध्यक्ष होमनाथ सुबेदीकोअध्यक्षतामा भएको कार्यक्रममा स्वागत वलराम सुबेदीले गर्नुभएको थियो भने सञ्चालन सचिव टेकनारायणसुबेदीले गर्नुभएको थियो ।

  • prabhu-bank-sept26.gif