कालीगण्डकी नदी किनारमा अर्धवैशे महिलाको शव फेला

२९ भदौ, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं.१ स्थित सहस्रधारामा महिलाको शब फेला परेको छ ।

कालीगण्डकी नदिको पर्वत तर्फको किनारमा बिहीवार विहान शब भेटीएको हो । अन्दाजी ४०/४५ वर्ष उमेरको मंगोलियन अनुहारको जस्तो देखिने महिलाको पहिचान भने खुल्न सकेको छैन ।

मृतक महिलाको शब अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । उनको खोजीका लागि कसैले पनि खबर नगरेको र कोहि आफन्तहरु सम्पर्कमासमेत नआएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभयो ।

बेवारिसे शब भेटिएको बारे मातहतका सवै युनिटहरुमा खबर गरेपनि कोहि आफन्त सम्पर्कमा नआएको उहाँले बताउनुभयो । बुधवार दिउँसो कालीगण्डकीमा ठुलो बाढि आएकोले सोहि बाढिले बगाएर ल्याएको हुनसक्ने अनुमान समेत प्रहरीको रहेको छ ।

फाइल तस्विर

  • prabhu-bank-sept26.gif