याम क्षेत्रीले नचाए टोकियोबासी नेपालीलाई

२७ भदौ, पर्वत । जापानको टोकियोमा याम क्षेत्रीले नेपालीलाई नचाएका छन । जापानको टोकियोमा वलेवा सेवा समाजले आयोजना गरेको तीज विशेष कार्यक्रममा क्षेत्रीको गीतमा प्रवासीहरु दिल खुलेर नाँचेका हुन ।

पछिल्लो समय वैदेशिक यात्रामा बाक्लो निक्कन थालेका क्षेत्रीले प्रवासमा नेपालीहरुको माया अपार पाएको बताए ।

पर्वतको पाङ घर भएका क्षेत्री पछिल्लो समय नेपाली लोक दोहोरीको क्षेत्रमा निकै चलेको नाम हो । तीजको अवसरका स्वदेशका थ्ुप्रै कार्यक्रमहरुमा निमन्त्रणा आएपनि उनी प्रवासीहरुसंग दिल खोलेर तीज मनाउन यति बेला जापान पुगेका छन ।

जापानमा प्रवासी नेपालीहरुले उनलाई विशेष सम्मान गरेका छन । जापान रहँदा क्षेत्रीले एनआरएन जापानको कार्यक्रममा समेत सहभागी भएका छन । उता, पर्वत सेवा समाज जापानले आयोजना गरेको कार्यक्रममा समेत आफ्नो प्रस्तुती राखेका छन ।

  • prabhu-bank-sept26.gif