दुर्लुङमा तीज मेलाको उद्घाटन गर्दै जोशीले भने –‘नेपाली धर्म, संस्कृतिको जर्गेना गर्नुपर्छ’

२७ भदौ, पर्वत । कुश्मा नगरपालिका दुर्लुङमा रहेको चण्डी उत्पिडित विकास युवा मञ्चले हरीतालिका तीजको अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

तीज पर्वको अवसरमा आयोजीत बिबिध सांस्कृतिक तथा खेलकुद कार्यक्रमको एक कार्यक्रमका वीच कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उदघाटन गरेका छन ।

मेलाको उद्घाटन गर्दै नगर प्रमुख जोशीले हिन्दु सम्प्रदायका यस्ता पर्वहरु राष्ट्रका गहना भएको भन्दै राज्यले संस्कृतिको सम्मान गर्नुपर्ने धारणा राखे । उनले कार्यक्रमलाई सम्बोधन ग र्दै युवाहरुले आयोजना गरेका यस्ता कार्यक्रमबाट समाजमा सामाजिक बिकृति अन्त हनेमा समेत विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख जोशी तीज पर्व लाई सांसकृतिक रुपमा नेपालीहरुको पहिचान बनाउनुपर्ने बताउँदै नेपालमा यस्ता पर्वले महिला हिंसा कम गर्नेमा जनचेतना समेत जगाउने बताए ।

कार्यक्रममा कुश्मा नपा ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्या लगाएत विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधि ले शुभकामना मन्तव्य दिएका थिए । चण्डी उत्पिडित विकास मञ्चका अध्यक्ष गणेश बस्यालको अध्यक्षतामा भएको कार्यक्रम संचालन सचिव प्रकाश बस्यालले गरेका थिए ।

कार्यक्रममा हरीतालिका तीजको अवसरमा विविध कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

  • prabhu-bank-sept26.gif